बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । बकुवा सामुदायिक वनछेउमा बाख्रा चराउने क्रममा बाघले आक्रमण गर्दा ठाकुरबाबा नगरपालिका–७ सुन्दरपुर गाउँकी ४० वर्षीया पदमकला थापाको ज्यान गएको हो ।
खुला ठाउँमा बाघले थापालाई आक्रमण गरेर जङ्गलभित्र पुर्याएको थियो । स्थानीयवासी, प्रहरी, सेना र निकुञ्जको टोली पुगेपछि बाघ शवलाई छाडेर भागेको छ । स्थानीयवासीले बाघ नियन्त्रण र क्षतिपूर्तिकाे माग गर्दै मृतकको शव उठाउन मानेका छैनन । बाघ नियन्त्रणमा लिन प्राविधिक टाेलीसहितकाे जनशक्ति खटिएकाे छ । सामुदायिक वनमा आक्रमण गरेकाले क्षतिपूर्तिबारे अन्योल रहेको छ ।
गएको साउनयता बर्दियामा हात्ती, गैंडा र पाटेबाघको आक्रमणमा परेर तीन जनाको ज्यान गइसकेको राष्ट्रिय प्रकृति संरक्षण कोषको बर्दिया प्रमुख अजित तुम्बाहाम्फेले जानकारी दिनुभयाे ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।