सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

सुनको कमण्डलु थापेर भिख माग्दै स्रोत र सिपको दुरुपयोग गरेका छौँ : पूर्वराजा ज्ञानेन्द्र

सुनको कमण्डलु थापेर भिख माग्दै स्रोत र सिपको दुरुपयोग गरेका छौँ : पूर्वराजा ज्ञानेन्द्र

  • मिडिया डबली डेक्स
  • शुक्रवार, पौष २६ २०८१

  • 1.5K
    SHARES

  • सुनको कमण्डलु थापेर भिख माग्दै स्रोत र सिपको दुरुपयोग गरेका छौँ :  पूर्वराजा ज्ञानेन्द्र

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालमा पूर्ण प्रजातन्त्र आम नेपालीको सपनामा मात्र सीमित रहेको प्रतिक्रिया दिएका छन्।

    पृथ्वी जयन्तीको अवसरमा सन्देश दिँदै उनले आम नागरिकको सुरक्षा, न्याय, गाँस बास कपास, शिक्षा र रोजगारीको सुनिश्चिततासहितको स्वतन्त्रतालाई मात्र पूर्ण प्रजातन्त्र मान्न सकिने टिप्पणी गरेका छन्।

    ‘प्रजातन्त्र भनेको आम मानिसको जीवनपद्धति हो’, करिब पौने १२ मिनेटको भिडियो सन्देशमा उनले भनेका छन्, ‘स्वतन्त्रता र केवल आवधिक निर्वाचनको चक्रले मात्र प्रजातन्त्रको मर्म र मौलिकता दर्शाउँदैन।’

    उनले हाम्रो देश आजको विश्व व्यवस्थामा कुन कुनाभित्र छ भनेर सोच्नुपर्ने बताएका छन्। ‘हामी पराधीनता, परनिर्भरता र आत्मग्लानिको दिशातिर बढ्दै जानु बिडम्बना हो। हाम्रो स्रोत र साधन, श्रम र सिप देशको विकासमा पूर्णरूपमा उपयोग भएको छैन।’

    पूर्वराजा शाहले जनशक्ति निरन्तर विदेशिरहेकोतर्फ उनले चिन्ता व्यक्त गरेका छन्। ‘हामी सुनको कमण्डलु थापेर अरुसँग भिख माग्दै आफ्नो स्रोत र सिपको दुरुपयोग गरिरहेका छौँ’, उनले भनेका छन्।

    हाम्रो भौगोलिक र सामाजिक बनोटको आधारमा आफ्नो मूल्य मान्यता र मूल राष्ट्रिय नीति तथा राज्यपद्धति कायम गर्दै जानुपर्ने धारणा राखेका छन्। ‘नेपाल कसैको रणमैदान होइन उनले भनेका छन्, ‘हामी सबैको शान्तिथलो बनाउनुपर्छ।’

    पूर्वराजा शाहले राष्ट्रनिर्माण र आन्तरिक एकता कामय राख्ने पृथ्वीनारायणको मौलिक मार्गनिर्देशन हुँदाहुँदै परायाद्वारा सिर्जित वादविवादको चक्रव्यूहमा फस्नु गलत भएको तर्क गरेका छन्। उनले पृथ्वीनारायणको ‘दिव्योपदेश’ आत्मसात गरे मात्र नेपाल विश्वमै समुन्नत बन्ने बताएका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, फाल्गुण १ २०७९०५:२३:३२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend