काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले झण्डै २ करोड विद्युत् महसुल नेपाल विद्युत् प्राधिकरणलाई नतिरेको खुलासा भएको छ। सरकारले उपलब्ध गराएको नागार्जुन दरबारमा रहेका नौवटा मिटरमध्ये आठवटाको जरिवानासहित १ करोड ९५ लाख २८ हजार ७ सय ६४ रुपैयाँ महसुल वक्यौता रहेको प्राधिकरणले जनाएको छ ।
दरबारक्षेत्रमा रहेको चरा पालेको घरको महसुल डेढ वर्षअघिदेखि नेपाली सेनाले तिरिरहेको छ भने ग्राहक नम्बर २१६.२६.२०३ लाई भने प्राधिकरणले कालो सूचीमै राखेको छ ।
वक्यौता उठाउन प्राधिकरणको बालाजु वितरण केन्द्रले विभिन्न निकायमा लिखित पत्र पठाए पनि सबै निकायले आफ्नो जिम्मा नभएको भन्दै पन्छिरहेको नेपाल विद्युत् प्राधिकरण, बालाजु वितरण केन्द्रका प्रमुख विधान पोखरेलले बताए ।
सरकारले भने सबै प्रकारका कर र महसुल पूर्वराजपरिवारबाटै असुल गर्नुपर्ने निर्णय गरिसकेको छ । तर, पूर्वराजा ज्ञानेन्द्र शाहका सहयोगी फणिराज पाठकले भने सो महसुल नेपाल सरकारले नै तिर्नुपर्ने बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।