काठमाडौं- एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईको नेतृत्वमा पूर्वराजपरिवारले मेचीबाट नागरिक बचाउ अभियान सुरु गरेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयवुराज पारसलाई सँगै राखेर दुर्गा प्रसाईंले नागरिक बचाउ अभियान सुरु गरेका हुन् । एमाले अध्यक्ष केपी ओलीको गृहजिल्ला झापामा अहिले पूर्वराजा ज्ञानेन्द्रको परिवार नै यतिबेला झापामा छ ।
काँकडभिट्टाको मेची पुलमा आयोजित सभामा सोमबार राजपरिवारका अन्य सदस्यहरू उपस्थित थिए । उद्घाटन कार्यक्रमलाई पूर्वराजा शाहले सम्बोधन भने गरेनन्। पूर्वराजा शाह दमकस्थित चिया बगान फर्किएका छन्। उनी आज दमकबाटै यो कार्यक्रम उद्घाटन गर्न काँकडभित्ता पुगेका थिए। केही समयअघि प्रसाईले पूर्वराजा शाह र पारसलाई भेटेर आफूले नागरिक बचाउ अभियान सुरु गर्ने र त्यसको उदघाटन गरिदिन निमन्त्रणा दिएका थिए ।
प्रसाईंले कार्यक्रममा सहभागी हुन पूर्वराजा शाहसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलगायतलाई निम्ता दिएका थिए। तर, झापामै रहेका ओली उक्त कार्यक्रममा सहभागी भएनन्। ओली आइतबार झापा पुगेका थिए । उनी झापामै रहेका बेला पूर्वराजा शाहले हिन्दु राज्य पुनस्र्थापना अभियान सुरु गर्नुलाई अर्थपूर्ण रूपमा लिइएको छ । मेडिकल माफिया प्रसाई एमाले केन्द्रीय सदस्य पनि हुन् । उनी ओलीसँग निकै टिकट छन् ।
अहिले उनले सुरु गरेको अभियानलाई एमालेको पनि मौन समर्थन रहेको हुन सक्ने अनुमान गरिएको छ । ओली पछिल्लो समय धार्मिक गतिविधिमा धेरै सक्रिय हुन थालेका छन् । कम्युनिस्ट पार्टी भए पनि ओली राजसंस्था र हिन्दु राज्य पुनस्र्थापनाको पक्षमा नरम मानिन्छन् । त्यही भएर यो अभियान हिन्दु राज्य पुनस्थार्पनाकै लागि दरबारको अप्रत्यक्ष सहयोगमा सञ्चालित भएको अनुमान गरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।