सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

महराका छोरा राहुलसहित ११ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा

महराका छोरा राहुलसहित ११ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा

  • मिडिया डबली डेक्स
  • शनिवार, पौष २० २०८१

  • 897
    SHARES

  • महराका छोरा राहुलसहित ११ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा

    काठमाण्डौ । विद्युतीय चुरोट (भेप) मार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुलसहित ११ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर भएको छ ।

    सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले काठमाण्डौ जिल्ला अदालतमा ११ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनीहरूमाथि यसअघि नै आपराधिक विश्वासघात र सङ्गठित अपराधको कसुरमा मुद्दा दायर गरेको थियो ।

    यस मुद्दामा राहुल भन्ने रेशम महरासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका तत्कालीन सुब्बा रेवन्त खड्का, दिनेश बस्नेत, अमृत कार्की, राम केशव थापा क्षेत्री, ललिता थापा, वेदप्रकाश अग्रवाल, भारतीय नागरिक साहेव राव पाण्डुरङ मरगले र तिब्बतीयन मुलका बेल्जियन नागरिक दावा छिरिङलाई प्रतिवादी बनाइएको छ ।

    यस्तै सम्पत्ति जफतका लागि सिन्धाुपाल्चोकका रोजन राउत र बाजुराकी प्रेरणा थापालाई पनि प्रतिवादी बनाइएको छ ।

    उनीहरूविरुद्ध आठ करोड ५५ लाख २८ हजार तीन सय ७४ रुपैयाँ बिगो कायम गर्दै सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ । उनीहरूले चिनियाँ नागरिकले दुई वटा सुटकेसमा भेपभित्र लुकाएर ल्याएको ९ किलो सुन बेचबिखन गरी लाभ लिएको आरोप छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, पौष २० २०८१०९:०३:३५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend