चीनको युनान प्रान्तमा यस महिनाको मध्यमा हुई मुस्लिम समुदायले इमाम मा यु वेइको गिरफ्तारीको विरोधमा प्रदर्शन गरे। यसले चीन सरकारद्वारा गैर(सरकारी धार्मिक गतिविधिहरूलाई नियन्त्रण गर्न थालेको र हुई मुस्लिम समुदायले यस कदमलाई अस्वीकार गर्दै सार्वजनिक विरोध प्रदर्शन गर्न थालेको पुष्टि गर्यो।
मा यु वेइ युक्सी दायिङ मस्जिदका इमाम हुन्, जहाँ उनले समुदायलाई कुरानको शिक्षामा लामो समयदेखि समर्पित छन्। उनी आफ्नो निष्ठाका लागि सम्मानित छन्। तर, पछिल्ला वर्षहरूमा धार्मिक गतिविधिमा सरकारी नियन्त्रण बढ्दै जाँदा उनीमाथि निगरानी र धम्कीहरूको सामना गर्नुपरेको थियो।
सरकारले दायिङ मस्जिदलाई गैर-अधिकृत धार्मिक स्थल घोषणा गर्यो। मे महिनामा युक्सी सहर र होङटा जिल्लाका धार्मिक मामिला विभागले उनलाई गैर(अधिकृत धार्मिक गतिविधिमा संलग्न नहुन चेतावनी दिएका थिए र कुरान अध्ययन कक्षा बन्द गर्न निर्देशन दिएका थिए। आफ्नो सुरक्षाका लागि, मा यु वेइ र उनको परिवारले छ महिनासम्म मस्जिदभित्रै बसेर सार्वजनिक रूपमा देखिन बन्द गरेका थिए।
डिसेम्बर १५ मा, युक्सीको निएर स्क्वायरस्थित एक रेस्टुरेन्टबाट साधारण पोशाकमा रहेका प्रहरीले उनलाई जबरजस्ती गिरफ्तार गरे। पक्राउ गर्ने बेला प्रहरीले कुनै वारन्ट देखाएन र ूकुरानको प्रचार गरेकोू आरोप मात्र लगाएको बताइएको छ।
उनको गिरफ्तारीले स्थानीय मुस्लिम समुदायलाई आक्रोशित बनायो। उनीहरूले युक्सी नगरपालिकाको अगाडि भेला भएर उनको रिहाइको माग गरे।
डिसेम्बर १६ मा बिहानैदेखि प्रदर्शन स्थलमा ठूलो संख्यामा सैनिक र प्रहरी गाडी तैनाथ गरियो। कनेक्शन रोक्नका लागि सञ्चार जामरहरू जडान गरिए, युक्सी जाने राजमार्गहरू बन्द गरिए, र हुई मुस्लिमहरूमाथि अनुसन्धान गरियो। प्रदर्शनकारीहरूलाई तितरबितर पार्न सरकारी कदमका बाबजुद स्थानीय मुस्लिम समुदायको आक्रोश झल्किएको थियो।
यो घटना चीनमा धार्मिक स्वतन्त्रतामाथि जारी नियन्त्रण र यसप्रति समुदायको असन्तुष्टिलाई उजागर गर्ने एउटा उदाहरण हो। हुई मुस्लिम समुदाय, जो लामो समयदेखि सीमित धार्मिक स्वतन्त्रता भोग्दै आएका थिए, अब खुलेर सरकारको हस्तक्षेपको विरोध गर्न थालेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।