काठमाण्डाै । काठमाण्डौको कीर्तिपुर नगरपालिका वडा नम्बर ६ पाण्डेछापमा रहेको चोभार स्वास्थ्य चौकीमा चोरी भएको छ ।
सोमवार राति स्वास्थ्य चौकीमा भएका तीन थान कम्प्युटर सेट र एक थान प्रिन्टर चोरी भएको हो ।
कम्प्युटर र प्रिन्टर गरी झन्डै एक लाख २५ हजार रुपैयाँ बराबरका सामान चोरी भएको उजुरीको आधारमा अनुसन्धान भइरहेको प्रहरी वृत्त कीर्तिपुरले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।