बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

सरकारले भोलिदेखि पर्यटन दशक मनाउने

सरकारले भोलिदेखि पर्यटन दशक मनाउने

  • मिडिया डबली डेक्स
  • मंगलवार, पौष १६ २०८१

  • 600
    SHARES

  • सरकारले भोलिदेखि पर्यटन दशक मनाउने

    काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले देशको पर्यटन क्षेत्रको समग्र विकासका निम्ति नयाँ पर्यटन नीति जारी गर्ने तयारीमा सरकार रहेको बताउनुभएको छ ।

    नेपाल पर्यटन बोर्डको २६औं वार्षिकोत्सवका अवसरमा आज काठमाण्डौमा आयोजित कार्यक्रममा उहाँले समग्र पर्यटन उद्योगलाई दिशानिर्देश गर्नेगरी सरकारले नीतिगत व्यवस्था गर्न लागेको बताउनुभयो ।

    मन्त्री पाण्डेले पर्यटन बोर्डलाई सार्वजनिक निजी साझेदारी (पीपीपी) को अवधारणाअनुरूप सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । धेरैभन्दा धेरै पर्यटक आकर्षित गर्न भोलिदेखि आउँदो एक दशकसम्म पर्यटन दशक मनाउने उहाँले घोषणा गर्नुभयो ।

    विविधताबीचको एकता, सहिष्णुता र सद्भावलाई संरक्षण गरी पर्यटन क्षेत्रको विकास गर्नु आजको आवश्यकता भएको मन्त्री पाण्डेको भनाइ छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, पौष १६ २०८१०४:४७:११

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend