आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

कांग्रेस सांसदलाई असोज ३ गतेसम्म काठमाडौँ नछोड्न निर्देशन

कांग्रेस सांसदलाई असोज ३ गतेसम्म काठमाडौँ नछोड्न निर्देशन

  • मिडिया डबली
  • बिहिवार, भाद्र २७ २०८१

  • 2.2K
    SHARES

  • कांग्रेस सांसदलाई असोज ३ गतेसम्म काठमाडौँ नछोड्न निर्देशन
    फाइल तस्बिर

    काठमाडौं । नेपाली कांग्रेसले आगामी असोज ३ गतेसम्म काठमाडौं नछाड्न आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ । बुधबार कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले सांसदहरुलाई असोज ३ गतेसम्म काठमाडौँ नछोड्न पार्टीको निर्देशन पठाएका हुन् ।

    केही महत्वपूर्ण विधेयकहरु पारित गर्नुपर्ने अवस्थालाई मध्यनजर गरेर पार्टीले यस्तो निर्देशन जारी गरेको बताइएको छ । तर, सत्तारुढ दलहरुले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी गरिरहेकाले सो निर्देशन गरिएको बुझिएको छ । उपसभामुख रानालाई हटाउने विषयमा अहिले सत्तारुढ दल कांग्रेस–एमालेमा व्यापक छलफल भइरहेको छ ।

    यस अघि बुधबार बसेको पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले उपसभामुख रानाले पदको गरिमा जोगाउन नसकेको निष्कर्ष निकालेको थियो ।

    राजीनामा दिएर मार्ग प्रशस्त नगरे हटाउने तयारीमा सत्तारुढ दलहरु रहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend