बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images
राजनीतिक बिशेष

पुरानै मापदण्डका आधारमा क्रसर नवीकरण गराउन प्रधानमन्त्रीलाई ज्ञापन

पुरानै मापदण्डका आधारमा क्रसर नवीकरण गराउन प्रधानमन्त्रीलाई ज्ञापन

  • मिडिया डबली
  • सोमवार, श्रावण २८ २०८१

  • 1.1K
    SHARES

  • पुरानै मापदण्डका आधारमा क्रसर नवीकरण गराउन प्रधानमन्त्रीलाई ज्ञापन

    काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल क्रसर तथा खानी उद्योग व्यावसायी महासंघले ज्ञापन पत्र बुझाएको छ। आफ्ना उद्योगहरूको नवीकरणमा उत्पन्न समस्याबारे महासंघले प्रधानमन्त्री ओलीलाई भेटेर ध्यानाकर्षण गराएको हो।

    प्रधानमन्त्री निवास बालुवाटारमा महासंघका अध्यक्ष सीताराम न्यौपानेसहितका प्रतिनिधिले दर्ता भएका सात सय क्रसर तथा बालुवा उद्योगहरूलाई विगतकै मापदण्डका आधारमा नवीकरण गराउन माग गरेका हुन्।

    वातावरण सम्बन्धी मापदण्ड, २०५४ र उद्योगका लागि दुरी सम्बन्धी मापदण्ड, २०७१ का आधारमा ती उद्योग सञ्चालन भएकोमा २०७७ सालमा संशोधित मापदण्डले नवीकरणमा कठिनाइ भएको महासंघको भनाइ छ। 

    महासंघले उद्योगहरूको नवीकरण नहुँदा करिब चार अर्ब लगानी डुुब्ने अवस्थामा रहेको दाबी गरेको छ। विगतमा दर्ता भएका उद्योगलाई कर दस्तुर लिएर पुरानै मापदण्डका आधारमा नवीकरण गराउन र व्यावहारिक एवम् नयाँ मापदण्ड ल्याउन माग गरेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend