आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

एनआईसी एशिया बैंक बन्यो ‘पार्टनरशिप फर कार्बन एकाउन्टिङ फाइनान्सियल्स’को सदस्य

एनआईसी एशिया बैंक बन्यो ‘पार्टनरशिप फर कार्बन एकाउन्टिङ फाइनान्सियल्स’को सदस्य

  • मिडिया डबली
  • सोमवार, आषाढ ११ २०८१

  • 1.4K
    SHARES

  • एनआईसी एशिया बैंक बन्यो ‘पार्टनरशिप फर कार्बन एकाउन्टिङ फाइनान्सियल्स’को सदस्य

    काठमाडौ -एनआईसी एशिया बैंक ‘पार्टनरशिप फर कार्बन एकाउन्टिङ फाइनान्सियल्स (पीक्याफ)’ को सदस्य बनेको छ । पीक्याफ विश्वव्यापी वित्तीय संस्थाहरूको सहकार्यमा सुरुवात गरिएको विश्वव्यापी पहल हो ।

    यसले आवद्ध सदस्यहरुको ऋण र लगानीसँग जोडिएको हरितगृह ग्यास उत्सर्जनको समानुपातिक मूल्याङ्कन र खुलासा सुनिश्चित गर्छ। ६ महादेशका ४८० भन्दा बढी वित्तीय संस्थाहसहित पीक्याफ उत्तर अमेरिका, ल्याटिन अमेरिका, युरोप, अफ्रिका र एशिया प्रशान्त क्षेत्रहरूमा द्रुत रूपमा विस्तार भइरहेको छ।

    पीक्याफसँग साझेदारी गरेर एनआईीि एशिया बैंकले आफ्नो कार्बनको पारदर्शी मूल्याङ्कन मार्फत वातावरणीय दिगोपनप्रति आफ्नो प्रतिबद्धता जाहेर गरेको छ। आधारभूत रुपमा वर्तमान सहयमा विश्व वातावरणमैत्री अभ्यासतर्फ अग्रसर भईरहेको सययमा एनआईसी एशिया बैंक पनि आफ्नो कार्बन फुटप्रिन्ट मापन तथा रिपोर्टिङ गर्न र दिगो अर्थतन्त्रतर्फ विश्वव्यापी परिवर्तनको पक्षमा जलवायु–मैत्री रणनीतिहरू निर्माण गर्न प्रतिबद्ध छ,’ एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले बताए ।

    एनआईसी एशिया बैंकले ३६० वटा शाखा कार्यालय, ६ सय ७१ एटीएम, ११८ वटा एक्सटेन्सन काउण्टर र ५१ वटा शाखारहित बैंकिङ ईकाई मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, कार्तिक १७ २०७९०४:२५:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend