आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

एनआईसी एशियाले ३ महिनामा कमायो १ अर्ब ७५ करोड

एनआईसी एशियाले ३ महिनामा कमायो १ अर्ब ७५ करोड

  • मिडिया डबली
  • आइतवार, कार्तिक १३ २०७९

  • 3.0K
    SHARES

  • एनआईसी एशियाले ३ महिनामा कमायो १ अर्ब ७५ करोड

    काठमाडौँ- एनआईसी एशिया बैंक लिमिटेडले चालू आर्थिक वर्ष प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरणले बैंकका समग्र परिसूचकहरू उत्साहजनक देखाएको छ। 

    बैंकले यस त्रैमासमा खुद मुनाफातर्फ १ अर्ब ७५ करोड आर्जन गर्न सफल भएको छ। जुन वार्षिक विन्दुगत आधारमा ४९ प्रतिशतको वृद्धि हो। बैंकले आव २०७९/८० को प्रथम त्रयमाससम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा रकम २ खर्ब ७३ अर्ब १० करोड पुर्‍याउन सफल भएको छ।

    निक्षेपतर्फ कुल निक्षेप संकलन ३ खर्ब ८ अर्ब १८ करोड पुर्‍याउन बैंक सफल भएको छ। यसैगरी बैंकको स्व-पूँजीमा प्रतिफल २६.५५ प्रतिशत छ। बैंकले वार्षिक प्रति शेयर आम्दानी ५९ रुपैयाँ ६२ पैसा आर्जन गर्न सफल भएको छ। स्व-पूँजीमा प्रतिफल र प्रतिशेयर आम्दानी २६ वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ।

    बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जालाई प्रथम त्रयमाससम्ममा ०.५९ प्रतिशतमा सीमित राख्न सफल भएको छ। आ.व. २०७९/८० को प्रथम त्रयमाससम्ममा २ लाखभन्दा बढी नयाँ ग्राहक थप गर्दै ३४ लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ। यसै त्रैमाससम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८४ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ।

    साना तथा मझौला कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंकहरू भन्दा यस बैंक अग्रणी स्थानमा रहेको बैंकको अनुमान छ। एनआईसी एशिया बैंकले मुलुकमा सबैभन्दा धेरै बैंकिङ सञ्जाल रहेको जनाएको छ। बैंकले मुलुकभर ३५९ शाखा कार्यालय, ४७३ एटीएम, १०३ वटा विस्तारित काउन्टर र ८१ वटा शाखारहित सञ्जाल विस्तार गरेको छ। देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशतलाई सेवा दिन यस बैंक सफल भएको दाबी गरेको छ। बैंकले स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल १९ अर्ब ९२ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको जनाएको छ।

    गत आर्थिक वर्षमा ३ अर्ब ४१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्न सफल भएको व्यवस्थापनले जनाएको छ। जुन समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान हो।

    वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेका ३४ भन्दा बढी स्थानीय निकायमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको बैंकले जनाएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, मंसिर १८ २०७९११:११:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend