काठमाडौँ- एनआईसी एशिया बैंकका ग्राहकहरूले अब आफ्नो मोबाइल बैंकिङ एप प्रयोग गरी स्मार्ट क्यूआरद्वारा भुक्तानी लिने मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्ने भएको छ ।
हाल बैंकका १४ लाखभन्दा बढी मोबाइल बैंकिङ एप प्रयोगकर्ता रहेका छन् । मोबाइल बैंकिङ एप प्रयोगकर्ताले मोबाइल बैंकिङ एपमा रहेको क्यूआर भुक्तानी गर्ने विकल्प छनोट गरी स्मार्ट क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्ने छन् ।
साथै एनआईसी एशिया बैंकमा खाता नभएका ग्राहकहरूले पनि प्ले स्टोर वा एप स्टोरमा गई एनआईसी एसिया मोबैंक एप डाउनलोड गरी लाइट (वालेट) अकाउन्ट रजिस्टर गरेर पनि सजिलै भुक्तानी गर्न सक्नेछन् ।
यो सुविधा शुरु भएसँगै एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ सेवामा नयाँ आयाम थपिएको छ । साथै स्मार्ट क्यूआरमार्फत भुक्तानी लिने व्यवसायीलाई पनि एनआईसी एशिया बैंकका मोबाइल बैंकिङ प्रयोगकर्तासँग भुक्तानी लिन सहज भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।