आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

सत्ता पक्षकै सांसद राजेन्द्र पाण्डेको प्रश्न– प्रधानमन्त्रीको योभन्दा अनैतिकता के हुन्छ ?

सत्ता पक्षकै सांसद राजेन्द्र पाण्डेको प्रश्न– प्रधानमन्त्रीको योभन्दा अनैतिकता के हुन्छ ?

  • मिडिया डबली
  • बुधवार, फाल्गुण ३० २०८०

  • 3.4K
    SHARES

  • सत्ता पक्षकै सांसद राजेन्द्र पाण्डेको प्रश्न– प्रधानमन्त्रीको योभन्दा अनैतिकता के हुन्छ ?

    काठमाडौं, ३० फागुन - सत्तारुढ गठबन्धनमा आवद्ध एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले पुरानो तोडेर नयाँ गठबन्धन बनाउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्य अनैतिक भएको टिप्पणी गरेका छन् । 

    बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्री प्रचण्डलाई विश्वास गर्नै नसकिने व्यक्ति रहेको भन्दै नयाँ गठबन्धन बनाउने कार्य अनैतिक भएको बताएका हुन् । 

    ‘फागुन १८ गते मैले प्रधानमन्त्रीसँग भेट गरेको छु । त्यही दिन व्यक्तिगत कामको सिलसिलामा जापान गएँ । दुई दिनपछि हेर्छु यहाँ त गठबन्धन बदलेको छ । चारवटा दलको हस्ताक्षर भएको छ । हामी एकीकृत समाजवादीको तर्फबाट यो देशमा पार्टीभित्रको व्यक्तिवादको विरुद्ध विद्रोह गरेर आफैँले बनाएको पार्टी तोडेर, विष पिएर तपाईंहरूलाई साथ दिएका थियौँ । तपाईंले बाढीले बगाएर ल्याएको मुढो छोडेझैँ छोडेर हिँड्नुभयो । योभन्दा अनैतिकता के हुन्छ ?,’ बैठकमा उनले प्रश्न गरे । 
     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, पौष ७ २०७९०६:५८:४०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend