आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

मुख्यमन्त्रीको पदमै रहेर प्रतिनिधिसभा सदस्यको शपथ लिएपछि राजेन्द्र पाण्डेको नियत उदांगियो

मुख्यमन्त्रीको पदमै रहेर प्रतिनिधिसभा सदस्यको शपथ लिएपछि राजेन्द्र पाण्डेको नियत उदांगियो

  • मिडिया डबली
  • बिहिवार, पौष ७ २०७९

  • 2.3K
    SHARES

  • मुख्यमन्त्रीको पदमै रहेर प्रतिनिधिसभा सदस्यको शपथ लिएपछि राजेन्द्र पाण्डेको नियत उदांगियो

    काठमाडौं - मुख्यमन्त्रीको पदमै रहेर प्रतिनिधिसभा सदस्यको शपथ लिएपछि राजेन्द्र पाण्डे विवादमा परेका छन् ।

    बागमती प्रदेशका मुख्यमन्त्री पाण्डे धादिङबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् । एकीकृत समाजवादीका उपाध्यक्षसमेत रहेका उनले बिहीबार बागमतीको मुख्यमन्त्री भएरै संघीय सांसदको शपथ लिएपछि विवादमा परेका हुन् । उनले अहिलेसम्म पदबाट राजीनामा दिएका छैनन् ।

    प्रतिनिधिसभा सदस्य पनि बन्ने अनि मुख्यमन्त्री पनि चलाउने भन्दै सर्वत्र आलोचना भएपछि उनी राजीनामाको मनस्थितिमा पुगेका छन् । उनी निकट स्रोतले पण्डेले आजभोलि नै पदबाट राजीनामा दिने भएका छन् । एमाले विभाजन भएर एकीकृत समाजवादी बनेपछि मुख्यमन्त्रीमा भाग्य चम्किएको हो ।

    उनी डेढ वर्षसम्म मुख्यमन्त्रीको कुर्सीमा बसे । तर एउटा पनि सम्झनलायक काम गरेनन् । अहिले उनी प्रतिनिधिसभाको सभामुखको दौडमा छन् । एकीकृत समाजवादीको भागमा सभामुख परे उनी सो पार्टीबाट निर्विकल्प मानिन्छन् ।

    तर प्रतिनिधिसभा सदस्यको शपथ लिइसकेपछि उनले तुरुन्तै राजीनामा नदिएपछि पाण्डेको नियतलाई लिएर शंका व्यक्त गर्न थालिएको छ । मुख्यमन्त्रीको सुविधा पनि लिने अनि प्रतिनिधिसभा सदस्य पनि बन्ने उनको दोहोरो चरित्रलाई लिएर सत्तागठबन्धनमै विरोध सुरु भएको छ ।

    बागमती प्रदेशले दुई साताभित्र नयाँ मुख्यमन्त्री पाउने भएको छ । मुख्यमन्त्रीको दौडमा कांग्रेसबाट इन्द्र बानियाँ सबैभन्दा अगाडि छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, फाल्गुण ३० २०८००३:४२:४३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend