काठमाडौं - राजनीतिलाई सम्भावनै सम्भावनाको खेल मानिन्छ । कसको राजनीति कस्तो हुन्छ भनेर कसैले ठ्याक्क भन्न पनि सक्दैन । हिजोसम्म एमाले यो देशको पहिलो ठूलो शक्ति थियो । चौतर्फी यसको बोलवाला र दबदबा थियो । आज सडकमा पुगेको छ ।
एकपछि अर्को सरकारी पद गुमाउँदै गएको छ । आपसी बेमेलकै कारण पार्टी विभाजन भएको छ । एमालेको संसद्मै दुईवटा पार्टी बनेको छ । अब संसद्मा एमाले र एकीकृत समाजवादीको अस्तित्व रहनेछ ।
यसैक्रममा एमालेबाट फुटाएर एकीकृत समाजवादी पार्टी निर्माण गरेका माधवकुमार नेपालले पदाधिकारी चयनबारे गृहकार्य सुरु गरेका छन् । एकीकृत समाजवादी पार्टीका नेताहरूका अनुसार पार्टीको महासचिव र बागमती प्रदेशका नयाँ मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेलाई बनाउने तयारी छ ।
भाइ सुरेन्द्र पाण्डे एमालेमै भए पनि राजेन्द्र पाण्डेले भने माधव नेपालको साथ छाडेनन् । सोही कारण उनलाई बागमती प्रदेशको मुख्यमन्त्री बनाउने विषयमा पार्टीमा छलफल सुरु भएको बुझिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।