आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

संघीय सांसद निर्वाचित भइसकेपछि राजेन्द्र पाण्डेले मुख्यमन्त्रीबाट राजीनामा दिनुपर्दैन ?

संघीय सांसद निर्वाचित भइसकेपछि राजेन्द्र पाण्डेले मुख्यमन्त्रीबाट राजीनामा दिनुपर्दैन ?

  • मिडिया डबली
  • आइतवार, मंसिर १८ २०७९

  • 5.2K
    SHARES

  • संघीय सांसद निर्वाचित भइसकेपछि राजेन्द्र पाण्डेले मुख्यमन्त्रीबाट राजीनामा दिनुपर्दैन ?

    काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री प्रतिनिधिसभा सदस्यमा विजयी भइसकेका छन् । उनी धादिङ २ बाट एमालेका भूमि त्रिपाठीलाई पराजित गर्दै विजयी बनेका हुन् ।

    उनले निर्वाचित प्रमाणपत्रसमेत बुझिसकेका छन् । तर अहिलेसम्म पनि पाण्डेले मुख्यमन्त्रीबाट राजीनामा दिएका छैनन् । अघिल्लो निर्वाचनमा धादिङबाट प्रदेश सभा सदस्यमा विजयी भएका पाण्डे एमाले विभाजन भई गठन भएको एकीकृत समाजवादीबाट मुख्यमन्त्री बनेका हुन् ।

    मुख्यमन्त्रीमै रहेका बेला उनले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिई विजयीसमेत भइसकेका छन् । तर, पाण्डेले प्रतिनिधिसभा सदस्य भइसक्दा पनि मुख्यमन्त्री पदबाट किन राजीनामा दिएका छैनन् भन्ने खुल्न सकेको छैन ।

    निर्वाचन आयोगको कानुनमा समेत यसबारे प्रस्ट उल्लेख छैन । यदि उनी प्रदेश सभा सदस्यमा विजयी भएको भए मुख्यमन्त्री पदमै बहाल हुँदा पनि केही फरक पर्दैनथ्यो । तर, अहिले पनि उनी मुख्यमन्त्रीकै हैसियतमा क्रियाशील छन् । प्रतिनिधिसभा सदस्य भइसकेका उनले स्वेच्छाले पदबाट राजीनामा दिनुपर्ने आवाज उठेको छ ।

    नैतिकताको ख्याल गरेर पनि उनलाई मुख्यमन्त्रीबाट राजीनामा दिन दबाब बढ्दै गएको छ । संघीय सांसद भइसकेको व्यक्ति मुख्यमन्त्रीको कुर्सीमा बस्न नमिल्ने भन्दै उनलाई राजीनामा दिन दबाब बढेको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, फाल्गुण ३० २०८००३:४२:४३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend