आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेसको सहयोगमा बागमतीको मुख्यमन्त्री बने राजेन्द्र पाण्डे, यी ३ सांसद मन्त्री नियुक्त

कांग्रेसको सहयोगमा बागमतीको मुख्यमन्त्री बने राजेन्द्र पाण्डे, यी ३ सांसद मन्त्री नियुक्त

  • मिडिया डबली
  • बिहिवार, कार्तिक ११ २०७८

  • 5.7K
    SHARES

  • कांग्रेसको सहयोगमा बागमतीको मुख्यमन्त्री बने राजेन्द्र पाण्डे, यी ३ सांसद मन्त्री नियुक्त

    काठमाडौं – नेकपा एकीकृत समाजवादीका नेता तथा प्रदेशसभा सदस्य राजेन्द्र पाण्डेले बागमती प्रदेशको मुख्यमन्त्रीमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । 

    बिहीबार दिउँसो प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पाण्डेले प्रदेशको तेस्रो मुख्यमन्त्रीका रूपमा शपथ लिएका छन् ।

    मुख्यमन्त्री पाण्डेले बिहीबारै ३ मन्त्री नियुक्त गर्दै ४ सदस्यीय मन्त्रिपरिषद् बनाएका छन् । 

    नेकपा माओवादी केन्द्रकी कुमारी मोक्तानलाई सामाजिक विकासमन्त्री, नेपाली कांग्रेसका कृष्णलाल भँडेललाई भौतिक पूर्वाधार विकास र नेकपा एसका कृष्णप्रसाद शर्मा खनाललाई आन्तरिक मामिला तथा कानूनमन्त्री बनाइएको छ ।

    नवनियुक्त मन्त्रीहरुले समेत पद तथा गोपनीयताको शपथ लिइसकेका छन् । बुधबार एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि नयाँ मुख्यमन्त्री बनेका हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend