काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसका १ सहित २ नयाँ मन्त्री नियुक्त भएका छन् ।
बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र पाण्डेले २ नयाँ मन्त्री नियुक्त गरेका हुन् ।
मुख्यमन्त्री पाण्डेले नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टेल र नेपाली कांग्रेस संसदीय दलका सचिव निमा लामालाई मन्त्री नियुक्त गरेका जनाइएको छ ।
मुख्यमन्त्री पाण्डेले जम्मकट्टेललाई आर्थिक मामिला तथा योजनामन्त्री र लामालाई स्वास्थ्य मन्त्री बनाएका छन् । बिहीवार नवनियुक्त मन्त्रीद्वयले प्रदेश प्रमुख यादवचन्द्र शर्मासामु पद तथा गोपनीयताको शपथ लिएका जनाइएको छ ।
यसअघि आफू मुख्यमन्त्री नियुक्त भएको दिन पाण्डेले कात्तिक ११ गते ४ सदस्यीय मन्त्रिपरिषद् बनाएका थिए । अब बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् ६ सदस्यीय बनेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।