काठमाडौं, २३ फागुन - नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धन भत्काउन कांग्रेस सक्रिय भएको छ । वैकल्पिक सत्ता गठवन्धनका लागि पहलकदमी गरिरहेको कांग्रेसले नेकपा एस नेता माधवकुमार नेपाल ‘कन्भिन्स’ भएको बताएको छ ।
नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र सभापति शेरबहादुर देउवा र रमेश लेखकबिच भेटबार्ता भए पछि कांग्रेसले सो दावी गरेको हो ।भेटवार्तामा सहभागी कांग्रेस नेता रमेश लेखकले अध्यक्ष नेपालसँग खुलेर कुराकानी भएको र छलफल सकारात्मक भएको जनाएका छन ।
‘परिवर्तित विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको छ, कांग्रेस र नेकपा एसका बिचमा सकारात्मक कुराकानी भएको छ, छलफललाइ निरन्तरता दिने गरी आजको कुराकानी सकिएको छ, जे होस छलफल सकारात्मक छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।