काठमाडौँ- टेरामक्स प्रविधि खरिद प्रकरणमा भ्रष्टाचार भएको भनेर नाम मुछिएका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आफू यो प्रकरणमा दोषी देखिए पदमा नबस्ने स्पष्ट पारेका छन् ।
उनले टेरामक्स प्रणालीमा कुनै अनियमितता नभएको पनि दाबी गरे । आज (सोमबार) को प्रतिनिधिसभा बैठकपछि पत्रकारहरुसँगको कुराकानीमा उनले यस्तो जिकिर गरेका हुन् । मन्त्री बस्नेतले निजी दूरसञ्चार सेवा प्रदायकलाई पोस्नका लागि अहिले टेरामक्स प्रणालीको कुरा निकालिएको स्पष्ट पारेका छन् ।
उनले भने,‘उजुरी दर्ता गर्दैमा दोषी नहुने र कसैलाई आरोपी भन्न मिल्दैन । दोषी देखिए पदमा बस्दिन ।’ पछिल्लो समय टेरामक्स प्रकरणमा भ्रष्टाचार भएको भन्दै मन्त्री बस्नेतलाई अख्तियारले बयान लिएको चर्चा छ । यही प्रकरणमा प्रतिपक्षी दल एमालेले मन्त्री बस्नेतको राजीनामा मागिरहेको छ ।
कांग्रेसकै गगन थापाले पनि विवादमा मुछिएका मन्त्रीहरुलाई घर पठाउनुपर्ने भनेर पटक पटक आवाज उठाएका छन् । थापाले आजपनि यो विषय उठाएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।