आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक विशेष

ओलीले चुनाव गरेर गल्ती सच्याउनुपर्छ, काँग्रेस चुनावका लागि तयार छः काँग्रेस नेता मोहनबहादुर बस्नेत

ओलीले चुनाव गरेर गल्ती सच्याउनुपर्छ, काँग्रेस चुनावका लागि तयार छः काँग्रेस नेता मोहनबहादुर बस्नेत

  • मिडिया डबली
  • शुक्रवार, माघ ३० २०७७

  • 5.2K
    SHARES

  • ओलीले चुनाव गरेर गल्ती सच्याउनुपर्छ, काँग्रेस चुनावका लागि तयार छः काँग्रेस नेता मोहनबहादुर बस्नेत

    काठमाडौं-  नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनाव गरेर गल्ती सच्याउन आग्रह गरेका छन् । काँग्रेस चुनावको पक्षमा रहेको प्रष्ट पार्दै चुनावबाटै समस्याको निकास निकाल्नुपर्नेमा जोड दिए ।‘प्रधानमन्त्रीज्यू तपाईंले गर्नुभएको अपराध पखाल्न निर्वाचन गर्न जानुस् र सच्चिनुहोस्,’ रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बस्नेतले भने, ‘चुनाव गर्न सक्नुभएन भने इतिहासमै सबैभन्दा बाढी कालो धब्बा लगाउनुपर्छ ।’ उनले देशमा चुनाव हुने सुनिश्चितता अनिवार्य भएको बताए । काँग्रेस चुनावका लागि तयार रहेको स्पष्ट पारे ।

    अदालतलाई थ्रेट दिने कार्य कहीं कतैबाट हुन नहुने बताए । प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष प्रचण्डलगायतका नेताहरुले अदालतलाई धम्की दिइरहेको भन्दै आलोचना गरे । उनले भने,‘अदालतलाई कसैले थ्रेट दिन मिल्दैन । केपी ओलीजी र विरोधीहरुले अदालतलाई थ्रेट दिन मिल्छ रु’ काँग्रेस अदालतको निर्णयलाई पर्खन तयार भएको बताए । अदालतको फैसलालाई धैर्यताका साथ कुर्न आग्रह गरे । देशमा संविधान खतरामा रहेको र ट्रयाकमा ल्याउन पनि चुनाव जरुरी रहेको बताए । प्रधानमन्त्री ओलीले वातावरणलाई त्रसित बनाइरहेको आरोप लगाए ।

    प्रतिनिधि सभा पुर्नबहाली भएपनि काँग्रेस मान्न तयार रहेको बताए । कम्युनिस्टहरुले सत्ता र पैसाको लागि लडाई गरिरहेको आरोप लगाए । उनले भने,‘यो कम्युनिस्टहरुको लेनदेन, पैसा र सत्ताको लडाईं हो ।’ देशमा ठुलो संकट आउनसक्ने भन्दै सचेत रहनुपर्ने बताए ।राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली मिलेर लोकतन्त्रको घाँटी निमोठेको टिप्पणी गरे । राष्ट्रपति भण्डारीको भूमिकामाथि समेत बस्नेतले प्रश्न गरे ।

    सरकारले चरित्रकै कारण अराजकता र अस्थिरता बढेको आरोप लगाए । उनले भने,‘आज ओलीको ठाउँमा प्रचण्ड र माधव नेपाल भएको भएपनि झाँक्री पक्राऊ पर्ने थिइन् ।’ सरकारले हत्या, हिंसा र बलात्कार जस्ता जघन्य घटना रोक्न नसकेको टिप्पणी गरे ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ १९ २०७९०३:०६:५२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend