सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिका–३ स्थित जयबागेस्वरी माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन आइतवार गरिएको छ ।
शिक्षा विकास तथा समन्वय इकाईको सहयोगमा निर्मित ४ कोठे पक्की भवनको पूर्व सूचना तथा सञ्चार मन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले उद्घाटन गरेका हुन्।
इकाईको ६९ लाख ७० हजार सहयोगमा भवन निर्माण सम्पन्न भएको हो । प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका प्रधानाध्यापक राम गोपाल श्रेष्ठले भवन निर्माणमा रकम नपुगेको बताउँदै ई सिडी कक्षामा सामग्री र शिक्षकको तलब अभाव रहेको विद्यालयमा पर्याप्त दरबन्दी नरहेको बताए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बस्नेतले गाउँपालिका लगायत अन्य ठाउँबाट विद्यालयको समस्या समाधान गर्न सहयोग गर्ने बताउँदै पाल्चोक मन्दिर, सडक खानेपानी विद्युतको साथै हेलम्बुको पर्यटन समग्र हेलम्बुको विकासमा आफू सधैँ लागि पर्ने यसको जिम्मेवारी आफूले लिने बताए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।