आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेस निकट खेलकुद संघको विवाद अन्त्य

कांग्रेस निकट खेलकुद संघको विवाद अन्त्य

  • मिडिया डबली
  • सोमवार, माघ १२ २०७७

  • 5.3K
    SHARES

  • कांग्रेस निकट खेलकुद संघको विवाद अन्त्य

    ललितपुर - नेपाली कांग्रेस निकटको लोकतान्त्रिक खेलकुद संघको विवाद लामो समयपछि अन्त्य भएको छ । संघ विवादका कारण खेलकुद गतिविधिहरू शून्य अवस्थामा रहेका थिए ।

    विवादले गर्दा अध्यक्ष देवेन्द्र शेरचर र सचिव सुबोध प्रधानबीच बोबचालनै बन्द अबस्थामा थियो । नेपाली कांग्रेस खेलकुद विभाग प्रमुख एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले संघको विवाद समाधान गरिदिएको विभागका सचिव मीनकृष्ण महर्जनले जानकारी दिएका छन् ।

    कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका विभागका प्रमुख बस्नेतले संघका अध्यक्ष शेरचर र सचिव प्रधान लगायतका कार्यसमितिलाई पार्टी कार्यालय सानेपा बोलाएर विवाद समाधन गरिदिएका हुन् ।

    विभागका प्रमुख बस्नेतले मनमुटाव र विवाद समाधान गरेर अगाडि नबढे संघनै विघटनको चेतावनी दिएपछि सहमति भएको महर्जनले बताए ।

    खेलकुद विभागको निर्देशन र मध्यस्ततामा संघका अध्यक्ष शेरचर र सचिव प्रधानसहितको कार्यसमिति एक ढिक्का भएर गतिविधि गर्न तयार भएको छ । संघभित्र विगत ६ वर्षदेखि विवाद थियो । विवादका कारण खेलकुदका गतिविधि हुन सकेका थिएनन् ।

    खेलकुद विभागले शीर्ष नेताहरूको सम्झनामा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता गर्ने तयारी गरेको छ । विभागको निर्देशानुसार संघलाई प्रदेशस्तरीय खेलकुद प्रतियोगिता गर्न विभागका प्रमुख बस्नेतले निर्देशन समेत दिएका छन् ।

    विभागका सचिव महर्जनले राष्ट्रिय खेलकुद परिषदमा कम्युनिस्टहरूले मनपरितन्त्र चलाएको भन्दै लोकतन्त्रप्रति आस्था राख्ने खेलाडी, कर्मचारी र शुभेच्छुकहरूलाई संरक्षण गर्नुपर्ने बताए ।

    परिषदमा कांग्रेसप्रति आस्था राखेकै कारण कम्युनिस्टहरूले अत्याचार गरेको गुनासो आएको भन्दै सचिव महर्जनले संघले विशेष भूमिका खेल्न निर्देशन दिएका छन् ।

    उनले परिषदभित्रको अनियमिततामाथि खबरदारी गर्नुपर्ने बताएका छन् । महर्जनको भनाई सुनेपछि बिभाग प्रमुख बस्नेतले खेलकुद परिषदमा भइरहेको अनैतिक गतिविधि विरुद्ध कांग्रेसको केन्द्रीय कार्यसमितिमै कुरा राखेर उचित निर्णय लिने आश्वासन दिएका छन् ।

    यसैबीच, विभाग र संघले संयुक्त रुपमा रकम संकलन गरि खेलकुद परिषदमा कार्यरत कराते प्रशिक्षक उत्तम राईकी धर्मपत्नीको उपचारका लागि हस्तान्तरण गरिएको छ ।

    विभागका प्रमुख बस्नेतमार्फत रु. ५० हजार नगद राष्ट्रिय खेलकुद परिषद कर्मचारी संघका महासचिव फरेन्द्र पौडेललाई हस्तान्तरण गरिएको महर्जनले बताए । पौडेलले सो रकम राईलाई उपलब्ध गराउनेछन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र ९ २०७७०३:५३:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend