सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भूपेन्द्र श्रेष्ठ छोराछोरीसहित वडाध्यक्ष, पालिका सदस्य नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
एमाले नेता शेरबहादुर तामाङको गृहजिल्ला सिन्धुपाल्चोकमा आइतबार कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेत, जिल्ला सभापति जंगबहादुर लामा, कांग्रेस जिल्ला सचिव भक्तध्वज बोहोरा, नेता केदार क्षेत्रीले श्रेष्ठलाई खादा लगाएर पार्टीमा स्वागत गरेका छन्।
श्रेष्ठसहित वडाध्यक्ष कुमार श्रेष्ठ, पालिका सचिव भक्त श्रेष्ठ, पालिका सदस्यद्वय राजु श्रेष्ठ, मिथिला श्रेष्ठ, हरि बोहोरालगायतलाई आइतबार बेलुकी बाह्रबिसे नगरको बाह्रबिसे बजारमा पूर्वमन्त्री बस्नेतले सदस्यता प्रदान गरेका हुन् ।
अघिल्लो स्थानीय तह २०७४ मा नेकपा एमालेबाट त्रिपुरासुन्दरीका अध्यक्षमा निर्वाचित श्रेष्ठले पुनः त्यही पदमा उम्मेदवारी दाबी गर्दै आएका थिए ।
तर, शनिबार आफ्नो प्रमुखमै भएको दाबेदारी निश्चित भएको टिकट पनि जालझेल गरेर खोसिएको गुनासो गर्दै श्रेष्ठले एकाएक एमाले त्यागेको सामाजिक सञ्जालमार्फत घोषणा गरेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।