काठमाडौँ, २८ माघ - अस्ट्रेलियाका ब्याट्सम्यान ग्लेन म्याक्सवेलले टी- २० कीर्तिमानी ब्याटिंग गरेका छन् ।वेस्ट इन्डिजविरुद्धको टी-२० खेलमा ५० बलमा शतक बनाउदै म्याक्सवेलले पाँचौं शतक बनाएका हुन् । योसँगै म्याक्सवेलले अन्तर्राष्ट्रिय टी-२० मा सबैभन्दा बढी शतक बनाउने भारतका रोहित शर्माको बराबरी गरेका छन् ।
रोहितले १५१ खेलमा ५ शतक बनाएका छन् भने म्याक्सवेलले १०२ खेलमा पाँच शतक बनाएर किर्तिमान बराबरी गरेका हुन् । टी-२० अन्तर्राष्ट्रिय खेलमा भारतका सूर्यकुमार यादवले ६० खेलमा ४ शतक बनाएर दोस्रो स्थानमा छन् ।
वेस्ट इन्डिजविरुद्धको यस खेलमा अस्ट्रेलियाले २० ओभरमा ४ विकेट गुमाएर २४१ रन बनाएको छ । जसमा म्याक्सवेलले ५५ बलमा अविजित १२० रन बनाएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।