काठमाडौँ, २५ माघ - कप्तान रोहित पौडेल क्यानडाविरुद्धको खेलमा प्लेयर अफ द म्याच बनेका छन् । एकदिवसीय सिरिजको पहिलो खेलमा क्यानडाविरुद्ध शानदार बलिङ गर्दै हर नजिक पुगेको नेपाललाई जित दिलाएका कप्तान पौडेल खेलको प्लेयर अफ द म्याच बनेका हुन् ।
प्लेयर अफ द म्याच बनेका रोहितलाई १५ हजार नगद पुरस्कार दिइएको छ । रोहितले यस खेलमा ४ विकेट लिएका थिए । उनले ८.५ ओभरमा २ मेडनसहित २२ रन दिएर ४ विकेट लिएका थिए । रोहितले ब्याटिंग तर्फ भने ८ रन मात्र बनाएका थिए ।
नेपालले दिएको २२५ रनको मध्यम लक्ष्य पछाएको क्यानडाले ४७.५ ओभरमा अल आउट हुदै २१७ रन मात्र बनाएको थियो ।यो जितपछि नेपाल ३ खेलको सिरिजमा १-० ले अगाडी भएको छ । अब सिरिजको अर्को खेल आगामी शनिबार टियु मैदानमा हुने छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।