काठमाडौं - नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले करिब ६ सयजनालाई ठगी गरेको आरोपमा विकास वाइबा भनिने सुजन तामाङलाई पक्राउ गरेको छ ।
उनी काठमाडौंको बालाजुचोकस्थित युरोन्स म्यानपावरका सञ्चालक हुन् । वैदेशिक रोजगारीका निम्ति विभिन्न देशमा पठाइदिने भन्दै उनीमाथि ठगी गरेको आरोप छ ।
क्रोसिया, क्यानडा पोल्यान्ड, पोर्चुगललगायत मुलुकमा पठाइदिने भन्दै उनले प्रतिव्यक्ति पाँच लाखदेखि १८ लाख रुपैयाँसम्म असुलेको प्रहरीको भनाइ छ। तामाङलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।