काठमाडौं - सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन बुधबार उद्घाटन हुँदैछ । भवन उद्घाटनका लागि एमाले अध्यक्ष केपी ओली हेलिकोप्टरमार्फत पाँचपोखरी थाङपाल गाउँपालिका जाँदैछन् ।
भवन उद्घाटन जस्तो कार्यलाई पनि राजनीतिकरण गरेको भन्दै नेपाली काँग्रेस पाँचपोखरी थाङपाल गाउँपालिका कार्यसमितिले बहिष्कार गर्ने निर्णय गरेको छ । कांग्रेस मात्र होइन, एमालेबाहेक अन्य दलले पनि कार्यक्रममा सहभागिता नजनाउने भएका छन् ।
उद्घाटन कार्यक्रमलाई राजनीतिकरण गर्दै अनावश्यक खर्च र तामझामसहित पालिकाले पार्टीगत स्वार्थ देखाएको हुनाले भवन उद्घाटन कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेको कांग्रेसले जनाएको छ ।
भवन उद्घाटन समारोह तय भइसकेको गाउँपालिकाले जनाएको छ । बुधबार हेलिकोप्टरबाट ओली र श्रीमती राधिका शाक्यसहित काठमाडौंबाट सिधै पाँचपोखरी अवतरण हुनेछन् । ओलीले भवन उद्घाटन गर्ने भएकाले गाउँपालिकाले आज त्यहाँ बिदा दिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।