काठमाडौं - आपूर्ति तथा उद्योगमन्त्री रमेश रिजाल र एमाले सांसद गोकुल बास्कोटाबीचको विवादमा डा.आरजु राणा देउवाले हस्तक्षेप गर्नुपरेको छ ।
प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सोमबार बसेको बैठकमा रिजाल र बास्कोटाबीच भनाभन भएको हो ।
खाद्य स्वच्छतासम्बन्धी विधेयकमा छलफल गर्न समितिले बिहान ११ बजे संशोधनकर्ता सांसदलाई बोलाएको थियो। संशोधनकर्ताका तर्फबाट एमाले सांसद विद्या भट्टराईको पालो थियो । त्यसमा बास्कोटा पनि बोल्न खोजे ।
मन्त्री रिजालले एमालेका तर्फबाट एकजना बोले हुने धारणा राखे। त्यसपछि बास्कोटा जंगिए । बाँस्कोटा ‘समितिमा सभापतिको रुलिङ चल्छ कि मन्त्रीको ? तपाईंहरू गठबन्धन हुनुहुन्छ, एकजना बोले भइहाल्यो नि त, मन्त्री मात्रै बोले भइहाल्यो नि, किन संशोधन राख्नुपर्यो त’ भनेर जंगिएका थिए। त्यसपछि समिति सभापति आरजु देउवाले स्थितिलाई हस्तक्षेप गरेर नियन्त्रणमा लिएकी थिइन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।