आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सम्झाउन गएका प्रहरीमाथि नै आक्रमण, अस्पताल भर्ना

सम्झाउन गएका प्रहरीमाथि नै आक्रमण, अस्पताल भर्ना

  • मिडिया डबली
  • सोमवार, माघ १५ २०८०

  • 2.2K
    SHARES

  • सम्झाउन गएका प्रहरीमाथि नै आक्रमण, अस्पताल भर्ना

    काठमाडौं - सामान्य विवाद भएका बेला सम्झाउन गएका प्रहरी नै कुटिएका छन् । रुकुम पश्चिमको बाँफिकोटमा प्रहरी जवानमाथि कुटपिट भएको हो ।

    इलाका प्रहरी कार्यालय बाँफिकोटमा कार्यरत प्रहरी जवान महेन्द्रबहादुर शाही र हिमराज खड्कामाथि कुटपिट भएको हो।

    बाँफिकोट गाउँपालिका–३ स्यार्पुमा ड्युटीमा रहेका प्रहरीमाथि आइतबार बेलुका ७ बजेतिर कुटपिट भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।

    बाँफिकोट गाउँपालिका–५ का ३४ वर्षीय हिरालाल केसी, बाँफिकोट गाउँपालिका–३ का २७ वर्षीय गोविन्द विक, वडा नम्बर–४ का २२ वर्षीय लक्ष्मण विक, २० वर्षीय सञ्जु खड्कालगायत १२–१३ जनाको समूहले प्रहरीमाथि कुटपिट गरेको हो।

    कुटपिटबाट प्रहरी जवान शाहीको ढाड र खड्काको टाउकोमा चोट लागेको छ। उनीहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ। प्रहरीमाथि कुटपिट गर्नेहरू फरार छन्।

    जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले भने, ‘घटनास्थल पुगेर सम्झाइ–बुझाइ गर्न खोज्दा उल्टै प्रहरीमाथि आक्रमण भयो । उनीहरूले प्रहरी माथि नै हातपात गर्दै ढुंगासमेत प्रहार गरे । हाम्रो साथीहरू घाइते हुनुभयो ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, कार्तिक ७ २०७९०८:०५:०२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend