आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नयाँ मितिको लेबल टाँस्ने धन्दा कलंकीपछि चण्डोलमा पनि भेटियो

नयाँ मितिको लेबल टाँस्ने धन्दा कलंकीपछि चण्डोलमा पनि भेटियो

  • मिडिया डबली
  • मंगलवार, आश्विन २० २०७७

  • 6.5K
    SHARES

  • नयाँ मितिको लेबल टाँस्ने धन्दा कलंकीपछि चण्डोलमा पनि भेटियो

    काठमाडौं- केही दिनअघि मात्रै कलंकीमा पाँचतले घर नै भाडामा लिएर म्याद गुज्रेका सामानमा नयाँ लेबल लाउने धन्दा गिरोहलाई प्रहरीले पक्राउ गरेको थियो ।

    कलंकीपछि काठमाडौंकै चण्डोलमा पनि यस्तै धन्दा हुने गरेको पाइएको छ। प्रहरी र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विशेष सूचनाको आधारमा चण्डोलमा छापा मार्दा नयाँ लेबलिङ गर्न ठिक्क पारिएको सामग्री भण्डारण गर्ने गोदाम फेला पारेको हो। 

    प्रहरीले सो स्थानबाट ठुलो परिमाणमा चकलेट, बिस्कुट, तेल, टुना फिस, डाइपर, टिस्यु पेपर र पास्ता जस्ता वस्तुहरु बरामद गरेको छ। चण्डोलमा पनि त्यहाँ देखिएका केही ब्राण्ड कलंकीमा फेला परेकोसँग मिल्दो रहेको प्रहरीले जनाएको छ ।

    कलंकीमा युनिलिभरको आधिकारीक बिक्रेता रहेको आयन इन्टरनेशनल र विशाल ग्रुप अन्तगर्तको युनाइटेड डिष्ट्रिब्यूटर संलग्न देखिएको थियो। 

    चण्डोलमा फेला परेको चकलेट, बिस्कुट, तेल, टुना फिस, डाइपर, टिस्यु पेपर र पास्ता जस्ता वस्तुको गोदाम भने जोजियाक मार्केटिङ एण्ड डिस्ट्रिब्युसन नामक कम्पनीको हो। 

    यो बिक्रेता कम्पनी पनि युनिलिभर र विशाल ग्रुप दुवैसँग जोडिएको देखिएको छ। प्रहरीले गोदामका मालिक जितेन्द्रकुमार लोहिया, अकाउन्टेन्ट मुकेशकुमार रौनियार र स्टोर किपर अनिल मगरलाई पक्राउ गरेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, फाल्गुण ५ २०७९०१:४०:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend