आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

राजेन्द्रले पार्टी फुटाउने तयारीपछि महन्थले लगाए यस्तो ट्रिक

राजेन्द्रले पार्टी फुटाउने तयारीपछि महन्थले लगाए यस्तो ट्रिक

  • मिडिया डबली
  • बिहिवार, माघ ४ २०८०

  • 4.0K
    SHARES

  • राजेन्द्रले पार्टी फुटाउने तयारीपछि महन्थले लगाए यस्तो ट्रिक

    काठमाडौं - केही समययता लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले त पार्टी अध्यक्ष महन्थ ठाकुरलाई सरकारबाट फिर्ता हुन दबाब दिइरहेका छन् । तर ठाकुरले त्यसलाई बेवास्ता गर्दै आएका छन् ।

    महन्थले आफ्नो कुराको सुनुवाई गर्न छाडेपछि राजेन्द्र सार्वजनिक कार्यक्रममा हिँड्नै छाडेका छन् । महतो यतिबेला भारतको नयाँ दिल्लीमा छन् ।

    स्रोतका अनुसार राजेन्द्र लोसपा विभाजनको अन्तिम तयारीमा छन् । त्यही तयारीका लागि उनी अहिले भारतको नयाँ दिल्ली पुगेको बताइन्छ । महतोले पार्टी विभाजन गर्ने संकेत पाएपछि महन्थ ठाकुरले सरकारलाई आग्रह गरेर दल विभाजनसम्बन्धी विधेयक ल्याउन लगाएको बुझिएको छ । अहिले पार्टी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एकमा २० प्रतिशत समर्थन भए पुग्छ ।

    यसो गर्दा राजेन्द्रले सजिलै पार्टी फुटाउन सक्ने देखेर लोसपा अध्यक्ष ठाकुरकै आग्रहमा सरकारले दल विभाजनसम्बन्धी व्यवस्था जगाउन संशोधन विधेयक संसद्मा ल्याउने भएको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले दल विभाजनसम्बन्धी व्यवस्थालाई ब्युँताउन राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको हो ।

    साढे तीन वर्षदेखि कानुनी शून्यतामा रहेको विधेयक ब्यूँताउने सरकारको निर्णयपछि सर्वत्र चासो उत्पन्न भएको छ । गृह मन्त्रालयले तयार पारेको विधेयक संसद्मा दर्ता गर्न मन्त्रिपरिषद्ले अनुमति दिएको हो । गृह प्रवक्ता नारायणप्रसाद भट्टराईले ऐनको साबिकको व्यवस्था जगाउने गरी संशोधन विधेयक तयार गरिएको जानकारी दिए ।

    उनका अनुसार अध्यादेशबाट निष्क्रिय भएको दल विभाजनसम्बन्धी व्यवस्थालाई ऐनको साबिककै अवस्थामा सक्रिय गराउन संशोधन विधेयक एक दुई दिनमै संसद्मा दर्ता गर्ने भएको छ ।

    राजनीतिक दलसम्बन्धी ऐनको दफा ३३ (२) तथा नियमावलीको दफा ५ मा कुनै दलको केन्द्रीय समिति र संसदीय दलका कम्तीमा ४० प्रतिशत सदस्यले समर्थन गरेमा छुट्टै दल बनाउन वा नयाँ दल गठन हुने व्यवस्था छ ।

    यस्तोमा दल त्याग गरेको नमानिने र सांसद पद पनि कायम रहने ऐनको व्यवस्था थियो । यो व्यवस्थालाई खुकुलो बनाउन सुरुमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले ०७७ वैशाख ८ मा अध्यादेश ल्याएका थिए । अध्यादेशमा ओलीले केन्द्रीय समिति र संसदीय दल दुवैमा ४० प्रतिशत सदस्य चाहिनेमा कुनै एकमा ४० प्रतिशत भए पार्टी फुट्ने व्यवस्था गरे ।

    अर्थात् ‘र’ ठाउँमा ‘वा’ बनाइयो । ओलीपछि प्रधानमन्त्री भएका शेरबहादुर देउवाले ०७८ भदौ १ मा ओलीको भन्दा पनि खुकुलो अध्यादेश ल्याउँदै दल विभाजनसम्बन्धी व्यवस्था ब्युँताए । ४० प्रतिशतलाई २० मा झारेर ल्याएको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले भदौ २ मा जारी गरिन् ।

    अध्यादेशमा केन्द्रीय सदस्य वा संसदीय दलमा २० प्रतिशत संख्याको समर्थन पुर्‍याए दल विभाजन गर्न सकिने व्यवस्था राखिएको थियो ।

    अर्थात् कुनै दलको केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एकमा २० प्रतिशत सदस्य तयार भए पार्टी फुटाउने बाटो खोल्यो । अध्यादेशअनुसार एमालेबाट फुटेर माधव नेपाल नेतृत्वमा एकीकृत समाजवादी खुल्यो भने जसपाबाट फुटेर महन्थ ठाकुरको नेतृत्वमा लोसपा गठन भयो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, चैत्र १० २०७७०६:५९:२७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend