आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

ओलीको घोषणा, महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउन खोज्नु जनमतको अपमान, जसपा के गर्ला ?

ओलीको घोषणा, महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउन खोज्नु जनमतको अपमान, जसपा के गर्ला ?

  • मिडिया डबली
  • सोमवार, चैत्र २ २०७७

  • 8.6K
    SHARES

  • ओलीको घोषणा, महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउन खोज्नु जनमतको अपमान, जसपा के गर्ला ?

    काठमाडौं - नयाँ सत्ता समीकरणका लागि कांग्रेस, माओवादी केन्द्र र जसपाबीच आज निर्णायक वार्ता हुँदैछ । यदि आज वार्ता सकारात्मक भए प्रधानमन्त्री केपी ओलीको कुर्सी ढल्ने निश्चित छ ।

    यतिबेला नेपालको राजनीतिमा जसपा अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीमा प्रस्ताव गरेको विषयले चर्चा पाएको छ । केही दिनअघि बालुवाटारमा भएको जसपासँगको बैठकमा ओलीले ठाकुरलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको चर्चा बाहिरिएको थियो ।

    तर प्रधानमन्त्री ओलीले आफूले त्यस्तो प्रस्ताव नगरेको खुलासा गरेका छन् । त्यति मात्र होइन, ठाकुरलाई प्रधानमन्त्री बनाउन खोज्नु जनमतको अपमान हुने भन्दै त्यसो हुनै नसक्ने बताएका छन् ।

    आइतबार राति प्राइम टेलिभिजनमा अन्तर्वार्ता दिँदै प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टीका अध्यक्ष ठाकुरलाई प्रधानमन्त्री बन्न आफूले कुनै प्रस्ताव नगरेको भन्दै त्यो जनमतको अपमान हुने बताएका हुन् ।

    ओलीको यो घोषणापछि जसपा र एमालेबीच सत्ता समीकरण नबन्ने स्पष्ट देखिएको छ । आफूलाई प्रधानमन्त्रीमा सहयोग गरे ठीक छ, नत्र अरुको नेतृत्व नस्वीकार्ने ओली प्रवृत्तिले वर्तमान सरकारको आयु धेरै नभएको बताउन थालिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend