काठमाडौं - नेपाल दूर सञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनाल स्वतः निलम्बनमा पर्नुअघि राजिनामा दिएर फेस सेभ गर्ने कोशिसमा छन् । तर, प्राधिकरणमा उनका गतिविधिलाई नजिकबाट नियाल्नेहरूले भने उनको जेलयात्रा कसैले रोक्न नसक्ने दावी गर्छन् ।
के पी शर्मा ओली नेतृत्वको सरकारले २०७६ सालमा प्राधिकरणमा अध्यक्ष पदमा नियुक्त गरेपछि खनाल ओली शैलीमै प्रस्तुत हुदै आएका थिए । ओली सरकारका सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाको निगाहमा नियुक्त भएका उनी बाँस्कोटालाई माथ गर्ने गरि आर्थिक अनियमितताका केसहरूमा सामेल हुदै आएका थिए ।
उनले यसरी उठाएको रकम आफुलाई नियुक्त गर्नेहरूसमक्ष पु¥याउने गरेको तथा ओली र बाँस्काटाकै निर्देशन अनुरुप काम गर्दै आएको प्राधिकरणका कर्मचारी बताउँछन् ।
अनियमितताका काण्डहरू छताछुल्ल हुदै जाने क्रममा अब अख्तियारले समेत आँखा चिम्लिन सम्भव नभएपछि उनले पदबाट राजिनामा दिएका हुन् । प्राधिकरणका कर्मचारीहरुले खनाललाई तत्काल गिरफ्तार नगरिए उनी देश बाहिर भाग्न सक्ने सम्भावना प्रवल रहेको बताउछन् ।
खनाल टेरामस्क खरिद प्रकरण, एमडिएमएस प्रकरण, स्मार्ट सेल प्रकरण र एनसेल विक्रि प्रकरणमा नराम्रोसँग मुछिएका छन् । चारवटा भ्रष्ट्राचार प्रकरणको केन्द्रमा रहेका खनालले सीजी टेलिकमलाई आउन नदिने गोकुल बाँस्कोटाको योजनालाई प्राधिकरणको अध्यक्ष पदमा रहेर सहयोग गरेका थिए ।
कानून बमोजिम सम्पूर्ण प्रकृया पूरा गरेको सीजी टेलिकमलाई रोकेर उनले ओली एण्ड बाँस्कोटा कम्पनीको इच्छा पुरा गरिरहेका थिए भने एनसेलसँग जोडिएका टेलिकम माफियाहरूबाट परिचालित भई अकुत सम्पत्ती आर्जन गरेका छन् ।
सीजी टेलिकमलाई गैर कानूनी रुपमा रोकेर खनालले नेपालमा टेलिकम एकाधिकार कायम गरेको थिए सो वापत उनले टेलिकम माफियाहरुबाट करोडौ रकम बुझ्दै आएको बताईन्छ ।
यी सबै प्रकरणहरु अब छताछुल्ल भई हिरासत यात्रा निश्चित भएपछि खनालले राजिनामाको वहाना गरेका छन् । तर, यि प्रकरणमा उनी जोगिन सक्ने अवस्था नरहेको सञ्चार मन्त्रालय सम्वद्ध स्रोतहरुले जानकारी दिएका छन् ।
दूरसञ्चार प्राधिकरणको नेतृत्वमा रहेर खनालले टेलिकम माफिया र राजनीतिका अबैध केन्द्रहरूको निर्देशन पालना गरेका कारण उनको यो हविगत भएको प्राधिकरणका कर्मचारीहरु बताउँछन् ।
वर्तमान सरकार र सञ्चारमन्त्री रेखा शर्माप्रति उत्तरदायी रहनुपर्नेमा खनाल गोकुल बाँस्कोटाप्रति उत्तरदायी रहदै आएको उनीहरुको भनाई छ । जसका कारण खनालले पनि बाँस्कोटाकै नियती भोग्नु परेको छ ।
बाँस्कोटा सञ्चार मन्त्रीको हैसियतमा रहेर सीजी टेलिकमका विरुद्ध पदको दुरुपयोग गर्दै सार्वजनिक रुपमा उत्रिए लगत्तै मन्त्री पदबाट हात धुनु परेको थियो । सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोड घुस मागेको अडियो बाहिरिएपछि बाँस्कोटाको सिंहदरबारमा बसेर माफियाको सेवा गर्ने चाहना अधुरै रहेको थियो ।
खनालले पनि यहि नियती भोगेका छन् । यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तको कुर्सिमा बसेर लोकमानसिङ कार्कीले चौधरी ग्रुपलाई निसाना साँधेका थिए ।
खुलेयाम बजारबाट घुस उठाउने कार्कीलाई सीजीले नटेरेपछि कार्की सीजी सिध्याउछु भन्दै दिनरात लागेका थिए । अन्ततः कार्कीको अत्याचारले सिमा नाघेपछि उनीमाथि महाअभियोग अगाडि बढाईएको थियो र उनी आफै देश छाडेर भाग्नु परेको थियो । अहिले लुकिछिपी नेपाल आउने कार्की क्यानडामा लुकेर बसेको बताईन्छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।