काठमाडौं - भारतीय विदेशमन्त्री डा.सुव्रमण्यम जयशंकर स्वदेश फर्किएका छन् । उनी शुक्रबार दिउँसो नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जयशंकरलाई उनका नेपाली समकक्षी एनपी साउदले बिदाइ गरेका थिए । मन्त्री साउदले बिहीबार पनि जयशंकरलाई विमानस्थल पुगेर स्वागत गरेका थिए ।
नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा भाग लिन जयशंकर बिहीबार बिहान नेपाल आएका थिए । उनले हिजै राजनीतिक भेटघाट र आयोगको बैठकमा सहभागिता जनाए ।
शुक्रबार बिहान पशुपतिनाग दर्शन गरेर कीर्तिपुरस्थित त्रिवि केन्द्रीय पुस्तकालय भवनको उदघाटन गरेका जयशंकर त्यसलगत्तै दिल्ली फर्केका हुन् ।
पुस्तकालय भवन भारतीय अनुदान सहयोगमा निर्माण भएको हो । परराष्ट्रमन्त्री साउद र जयशंकर दुवैले संयुक्त रूपमा पुस्तकालय भवनको उदघाटन गरेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।