सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

विदेशमन्त्री जयशंकरले भने - सांस्कृतिक चित्रबारे मित्र राष्ट्रले क्ल्यारिफिकेसन मागे हामी दिन्छाैँ

विदेशमन्त्री जयशंकरले भने - सांस्कृतिक चित्रबारे मित्र राष्ट्रले क्ल्यारिफिकेसन मागे हामी दिन्छाैँ

  • मिडिया डबली
  • शुक्रवार, जेठ २६ २०८०

  • 2.2K
    SHARES

  • विदेशमन्त्री जयशंकरले भने - सांस्कृतिक चित्रबारे मित्र राष्ट्रले क्ल्यारिफिकेसन मागे हामी दिन्छाैँ

    काठमाडाैं - भारतका विदेशमन्त्री डा. एस जयशंकरले भारतको नवनिर्मित संसद भवनमा कोरिएको सांस्कृतिक भितेचित्रबारे मित्र राष्ट्रहरूलाई क्ल्यारिफिकेसन दिन तयार रहेकाे बताएका छन । उहाँले यसअघि विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले दिएकाे बयान नै दाेहर्याएका छन् । 

    उहाँले उक्त भितेचित्र मित्र राष्ट्रहरूले सोचेजस्तो नभई राजा अशोकाको समयमा विस्तार भएका राज्यको अवस्था झल्काउने क्षेत्र मात्र भएको जानकारी दिए ।

    उहाँले भन्नुभयाे, 'संसदमा जे राखिएको छ त्यसले अशोकको साम्राज्य विस्तार भएको देखाएको छ । यी भित्तेचित्रहरूले अशोकको जिम्मेवार र जनताप्रति समर्पित शासनको वर्णन गर्दछ। भित्तेचित्र र त्यसको अगाडिको फलकले पनि त्यही कुरा बताउँछ।’

    मित्र राष्ट्रहरूले आपत्ति जनाएपछि भारतको दाेस्राे आधिकारिक धारणा सार्वजनिक गर्दै विदेशमन्त्री जयशंकरले भारतको आधिकारिक धारणा स्पष्ट पारेका छ्न ।

    भारतकाे नयाँ संसद् भवनमा कुँदिएको भितेचित्रमा नेपालकाे कपिलवस्तु, लुम्बिनी, विराटनगर तथा पाकिस्तानकाे तक्षशिला र बंगालदेशकाे केही भूभाग उल्लेख छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, जेठ ३१ २०८१०९:१६:०७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend