काठमाडौँ- विदेश मन्त्रि एस जयशंकर र नेपालका विदेश मन्त्रि नारायण काजी श्रेष्ठको बुधवार टेलिफोन बार्ता भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा लगातार तेस्रो पटक एनडीए सरकार बनेपछि बुधबार पहिलो चोटी फोन बार्ता भएको हो।
आफ्नो सामाजिक संजाल मार्फत बुधाबर श्रेष्ठले विदेश मन्त्रि जय शंखरलाई बधाई दिदै फोन बार्ता पनि भएको जानकारी दिएका छन्। विदेश मन्त्रि जय शंखरले आफ्नो सामाजिक संजाल मार्फत नेपालका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठले आफुलाई बधाई तथा कल गर्दा अत्यन्तै खुशी लागेको बताएका छन्।
उनले भने' वहाँको न्यानो सद्भाव एवम् शुभकामनाका लागि धन्यवाद व्यक्त गर्न चाहन्छु । हाम्रो गहिरो मित्रतालाई अघि बढाउन वहाँसँग काम गर्न तत्पर छु ।'
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।