काठमाडौं - प्रमुख प्रतिपक्षी दल एमालेलाई अहिले कुनै पनि हालतमा राष्ट्रिय सभामा भाग चाहिएको छ, नत्र शून्य हुने निश्चित छ।
१९ सिटको निर्वाचनमा एक्लै जाँदा एमालेले एक सिट पनि जित्दैन । त्यसपछि राष्ट्रिय सभामा एमालेका सात सांसद मात्र रहन्छन् ।
उनीहरूको पनि आगामी दुई वर्षपछि कार्यकाल सकिँदैछ । त्यसपछि एमाले राष्ट्रिय सभामा शून्य हुने छ । सोही कारण अहिले एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग दूरी घटाउँदै लगेका छन् । टीआरसी विधेयकमा आफूलाई सघाइदिए राष्ट्रिय सभामा एमालेलाई भाग दिन प्रचण्ड पनि सहमत छन्।
हिजो एम अधिकारीसँग सीसीटीभी फुटेज साटेर दुवै पक्ष चोखिएकै हुन्। तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेट बनाउँदा अनधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएका थिए । त्यसबारे एमालेले सडक र सदन दुवैतिर संघर्ष चर्काएको थियो । अर्थमन्त्री शर्माले राजीनामा दिनैपर्ने अडान राखेपछि उनले पदबाट राजीनामा दिएका थिए ।
अनधिकृत व्यक्तिलाई करको दर हेरफेर गर्न पहुँच दिएको सिसीटिभी फुटेज सार्वजनिक गर्न एमालेले माग गरेको थियो । तर पछि संसदीय समिति गठन गरेर केस सामसुम पारियो ।
र् एमालेले सिसीटिभी फुटेज सार्वजनिक गर्न माग गरेपछि माओवादीले पनि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी एमाले कार्यकर्ता भएको भन्दै हटाउनुपर्ने माग अघि सार्यो ।
एमालेको आर्थिक विभागमा रहेको एम अधिकारी महाप्रसाद अधिकारी नै भएको माओवादीको निचोड थियो । त्यही भएर पछि प्रचण्ड र ओलीबीच विवादलाई अघि नबढाउने सहमति भयो । र, केस ढिसमिस भयो ।
अहिले राष्ट्रिय सभा निर्वाचनमा पनि प्रचण्ड र ओलीको घाँटी त्यत्तिकै जोडिएको भने होइन । यिनीहरू मिल्नु र छुट्टिनु कुनै नौलो थिएन र छैन पनि। आफू सकिने भएपछि र आफूलाई गाह्रो हुने देखिएपछि प्रचण्ड र ओली मिल्दै आएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।