आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कांग्रेस महाधिवेशन प्रतिनिधि बेचेको आरोप लागेका सांस्कृतिक संघका अध्यक्ष थापा सांसद बन्न नेताको ढोका चहार्दै

कांग्रेस महाधिवेशन प्रतिनिधि बेचेको आरोप लागेका सांस्कृतिक संघका अध्यक्ष थापा सांसद बन्न नेताको ढोका चहार्दै

  • मिडिया डबली
  • शुक्रवार, पौष १३ २०८०

  • 810
    SHARES

  • कांग्रेस महाधिवेशन प्रतिनिधि बेचेको आरोप लागेका सांस्कृतिक संघका अध्यक्ष थापा सांसद बन्न नेताको ढोका चहार्दै

    काठमाडौं - राष्ट्रिय सभा सदस्य उम्मेदवारका लागि वरिष्ठ चलचित्रकर्मी नीर शाहको नाम सिफारिस भएको छ ।

    नेपाली कांग्रेस बागमती प्रदेश समितिमा राष्ट्रिय सभा सदस्यको उम्मेदवार हुन मंगलबारसम्म ९० जनाले नाम टिपाएका थिए ।

    अन्तिम दिन बुधबार शाहले नाम टिपाएका हुन् । शाहसहित बागमती प्रदेशबाट ९१ जनाको नाम सिफारिस भएको छ ।

    राष्ट्रिय सभा चुनाव माघ ११ गते हुँदैछ । त्यसका लागि कांग्रेसले सातै प्रदेशबाट इच्छुक नेताहरूको नाम सिफारिस गर्न भनेको थियो । सोहीअनुसार प्रत्येक प्रदेशले ९० देखि ९३ जनाको नाम केन्द्रमा सिफारिस गरेका छन् ।

    ती नामका विषयमा बिहीबारदेखि सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकमा छलफल हुने छ । कांंग्रेसले पुस १८ गतेपछि नाम फाइनल गर्ने भएको छ ।

    कांग्रेस केन्द्रीय सदस्यहरूले पटक–पटक अवसर पाएका, संघ, प्रदेश र स्थानीय तहका चुनावमा पराजित भएका र समानुपातिक सूचीमा परेकालाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार नबनाउन नेतृत्वलाई दबाब दिएका छन् ।

    कांग्रेसमा चार सयभन्दा बढी आकांक्षी सिफारिस भएर आएका छन् । यतिबेला कांग्रेसबाट राष्ट्रिय सभा सदस्यको टिकट पाउन सांस्कृतिक संघका अध्यक्ष तीर्थ थापा मरिहत्ते भएर लागेका छन् । २०६२ मा खुलेको संघमा थापा अहिले पनि अध्यक्ष छन् ।

    उनले कसैलाई पनि अध्यक्ष छाड्न चाहेका छैनन् । घुक्र्याएर, धम्क्याएर, गुट फेरेर उनी संघमा रहँदै आएका छन् । लामो समयसम्म संघमा बसेका उनले कांग्रेसको महाधिवेशन प्रतिनिधि महँगोमा बेच्दै आएका छन् ।

    कांग्रेसको १४औं महाधिवेशनमा उनले संघका सदस्य नै नभएका रुपन्देहीका डिल्लीनारायण पाण्डेय र सुनिलजंग रायमाझीलाई मोटो रकम लिएर महाधिवेशन प्रतिनिधि बेचेको संघकै एक सदस्यले बताए ।

    संघबाट प्रतिनिधित्व गर्ने तीन महाधिवेशन प्रतिनिधिका लागि उनले झन्डै १० लाख असुलेको संघमा चर्चा छ । संघमा आफू अल्पमतमा पर्नेवित्तिकै उनले पैसावाला मान्छे खोजीखोजी संघमा भर्ती गर्ने गरेका छन् ।

    पैसा लिनेवित्तिकै उनले सिधै केन्द्रीय सदस्यको पर्चा थमाउने गरेका छन् । संघलाई प्यारालाइज्ड बनाएका थापाले सांसदको टिकट पाउन लबिङका लागि नेताहरू गुहारेका छन् ।

    उनको काम अहिले दिनहुँ संघका केही स्वार्थी सदस्य भेला पारेर नेता नेताको ढोका चहार्नु रहेको छ ।

    शुक्रबार उनी कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराही पुगेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, पौष १३ २०८००१:११:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend