आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

चुनाव हारेकादेखि टिकट नपाएका कांग्रेस नेतासम्म कोशीबाट सिफारिस

चुनाव हारेकादेखि टिकट नपाएका कांग्रेस नेतासम्म कोशीबाट सिफारिस

  • मिडिया डबली
  • मंगलवार, पौष १० २०८०

  • 3.3K
    SHARES

  • चुनाव हारेकादेखि टिकट नपाएका कांग्रेस नेतासम्म कोशीबाट सिफारिस
    फाइल तस्वीर

    काठमाडौं - आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस कोशी प्रदेश समितिले ७० जनाको नाम सिफारिस गरेको छ ।

    प्रदेश सभापति उद्धव थापाको सभापतित्वमा विराटनगरमा बसेको बैठकले जिल्लागत रूपमा आएका सिफारिसलाई आधार बनाई केन्द्रीय समितिमा नाम सिफारिस गरेको हो।

    सिफारिस हुनेमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, पूर्वमन्त्री महेश आचार्य, डा.मीनेन्द्र रिजाल र सुजाता कोइराला छन्।

    महिला संघकी पूर्वसभापति डिला संग्रौला, नेविसंघका पूर्वसभापति गुरुराज घिमिरे, उमेशजंग रायमाझी, आङ्‍गेलु शेर्पा र रुक्मिणी कोइरालाको पनि नाम सिफारिस भएको छ।

    सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउने प्रयोजनका लागि सांसद बनाइन लागेको हो ।

    सिटौला गत वर्ष सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा झापा ३ बाट राप्रपाका राजेन्द्र लिङ्देनसँग पराजित भएका थिए । रिजालको नाम पनि अहिले अध्यक्षमा चर्चामा आएको छ ।

    उनलाई संस्थापन इतर समूहले चर्चामा ल्याएको हो । रिजाललाई गत वर्ष टिकट दिइएको थिएन । यस्तै, सुजाता गत निर्वाचनमा पराजित भएकी थिइन् ।

    महेश आचार्यले भने टिकट नै पाएका थिएनन् । संघीय सांसद भइसकेकी छन् । गुरुराज घिमिरे गत वर्ष प्रदेश सभा सदस्यमा पराजित भएका हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend