बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

कांग्रेसमा यसकारण मिल्दैन शेखरलाई वरिष्ठ नेता दिन

कांग्रेसमा यसकारण मिल्दैन शेखरलाई वरिष्ठ नेता दिन

  • मिडिया डबली
  • आइतवार, पौष ८ २०८०

  • 2.7K
    SHARES

  • कांग्रेसमा यसकारण मिल्दैन शेखरलाई वरिष्ठ नेता दिन

    काठमाडौं - नेपाली कांग्रेसमा यतिबेला वरीयताको विवाद देखिएको छ । वरीयताकै विवादका कारण कांग्रेसको प्रथम मधेस प्रदेश सम्मेलनमा शेखर कोइरालाले बहिष्कार गरे ।

    अर्का नेता विमलेन्द्र निधि मञ्चमै गएनन् । अहिले कांग्रेसमा सभापति शेरबहादुर देउवापछि को भन्ने वरीयता विवाद छ ।

    शेखर कोइरालाले दोस्रो वरीयतामा दाबी गरेपछि कांग्रेसमा किचलो सुरु भएको छ ।

    महाधिवेशनमा सभापति पदमा हारेकालाई वरिष्ठ नेता दिने प्रचलन कांग्रेसमा छँदै छैन ।

    २०६४ सालमा नेपाली कांग्रेस र नेपाली कांग्रेस प्रजातान्त्रिकबीच एकता हुँदा गिरिजाप्रसाद कोइरालापछिको दोस्रो वरीयता वर्तमान सभापति शेरबहादुर देउवालाई दिइएको थियो । र त्यतिबेला देउवालाई वरिष्ठ नेता दिने लिखित सहमति नै थियो ।

    १२ औं महाधिवेशनमा सुशील कोइराला र देउवाबीच सभापति पदमा प्रतिस्पर्धा भयो ।

    सुशीलले जिते, देउवा हारे । पार्टीमा सुशीलभन्दा देउवा वरिष्ठ थिए । त्यति मात्रै होइन, गिरिजाबाबुपछि प्रधानमन्त्री भइसकेका व्यक्ति देउवा मात्रै थिए ।

    त्यसैले सुशीलपछिको दोस्रो वरीयतामा देउवाको विकल्प थिएन ।

    १३औं महाधिवेशनमा आइपुग्दा सुशील कोइरालाको निधन भइसकेको थियो ।

    सभापतिमा देउवा र रामचन्द्र पौडेल (हाल राष्ट्रपति) बीच भयो । देउवाले जिते, रामचन्द्र हारे । जतिबेला कांग्रेसमा देउवा र रामचन्द्र समकालीन थिए भने अरु जुनियर ।

    त्यसैले देउवापछिको वरीयतामा रामचन्द्र निर्विवाद थिए । देउवासँग हारेकै कारण रामचन्द्रलाई वरिष्ठ नेता वा दोस्रो वरीयता दिइएको थिएन ।

    १४ औं महाधिवेशनमा सभापतिमा देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा भयो । देउवाले जिते, शेखर हारे । पार्टीभित्रको शेखरको वरीयता २०औं नम्बर भन्दा पछाडि थियो । अहिले पनि केन्द्रीय समितिमा उनी २५–२६ नम्बरमा छन् ।

    त्यसैले महाधिवेशनमा सभापतिको उम्मेदवार बनेकै कारण दोस्रो वरीयता दिनुपर्छ भन्नु मनासिव होइन ।

    यही वरीयताका कारण शेखरले कांग्रेसका धेरै औपचारिक कार्यक्रम गुमाउँदै आएका छन् ।

    यसले उनीप्रतिको कांग्रेसीको मोहभंगको खतरा बढ्दै गएको छ ।

    १४औं महाधिवेशनमा एकपटकका लागि मात्र सभापतिमा उठ्छु भनेर घोषणा गरेका शेखरले अहिले वरिष्ठ नेताको वरीयता नपाएर देखाएको गाईजात्रालाई धेरैले रुचाएका छैनन् ।

    पाए सभापति, नपाए वरिष्ठ नेता पनि उनैलाई भन्दै उनको आलोचना भइरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend