बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

एमालेको संकल्प यात्रा असफल पार्न माओवादी घुसपैठ, समातिए कमान्डर

एमालेको संकल्प यात्रा असफल पार्न माओवादी घुसपैठ, समातिए कमान्डर

  • मिडिया डबली
  • मंगलवार, मंसिर २६ २०८०

  • 2.4K
    SHARES

  • एमालेको संकल्प यात्रा असफल पार्न माओवादी घुसपैठ, समातिए कमान्डर

    काठमाडौं - एमालेको मध्यपहाडी संकल्प यात्रा असफल पार्न माओवादी घुसपैठ भएको छ ।

    एमालेले पाहुनालाई स्वागतका लागि ओखलढुंगामा तयार पारिएको स्वागतद्वार पहिचानवादीले जलाइदिएका छन् ।

    संकल्प यात्रामा अवरोध नपुर्‍याउन एमालेले आग्रह गरे पनि पहिचानवादी पक्षधरले स्वागतद्वार भत्काइदिएको हो ।

    मंगलबार बिहानैदेखि कोशी प्रदेशका विभिन्न जिल्लामा पहिचानवादी पक्षधरले बन्दको आह्वान गरेका छन् ।

    एमालेको संकल्प यात्रा रामेछाप हुँदै आज कोशी प्रदेश प्रवेश गर्दैछ । संकल्प यात्रालाई रोक्न खोज्ने पहिचानवादी पक्षधरका कमान्डर गोपाल किराँतीलाई प्रहरीले पक्राउ गरेको छ ।

    मध्यपहाडी लोकमार्गअन्तर्गत हलेसीमा चार र नुनथलामा एकजनालाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको हो ।

    हलेसीमा पूर्वसंस्कृतिमन्त्री किराती, जनता समाजवादी पार्टी खोटाङका जिल्ला सदस्य राजेश राई, वाईसीएल नगर इन्चार्ज विजय राई र जनता समाजवादी पार्टीका जिल्ला सदस्य गन्धमान राई पक्राउ परेका हुन् ।

    पहिचानवादी पक्षधरको आन्दोलनमा माओवादीले पूरै सपोर्ट गरेको छ । खासगरी उसले एमालेलाई टार्गेट बनाएको छ ।

    एमालेका मुख्यमन्त्री भएका बेला कोशी प्रदेशका नामाकरण गरेको भन्दै माओवादी पनि आन्दोलनमा होमिएको छ । उसले आफ्ना सबै संयन्त्र प्रयोग गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend