बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

कोशीमा ओलीलाई निषेध गर्ने चेतावनीपछि डरायो एमाले, अवरोध नगर्न अनुनयविनय

कोशीमा ओलीलाई निषेध गर्ने चेतावनीपछि डरायो एमाले, अवरोध नगर्न अनुनयविनय

  • मिडिया डबली
  • मंगलवार, मंसिर २६ २०८०

  • 1.9K
    SHARES

  • कोशीमा ओलीलाई निषेध गर्ने चेतावनीपछि डरायो एमाले, अवरोध नगर्न अनुनयविनय

    काठमाडौं - यतिबेला एमाले मध्यपहाडी लोकमागमा ‘झुलाघाट—चिवाभञ्ज्याङ संकल्प यात्रा’ मा छ ।

    आगामी पुस १ गते एमालेको पदयात्रा पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन हुने भएको छ ।

    पदयात्रा मंगलबारबाट कोशी प्रदेश प्रवेश गर्दै छ । कोशी प्रदेश नामाकरणको विरोध गर्दै आएको पहिचानवादी पक्षधरले एमाले अध्यक्ष केपी ओलीलाई निषेध गर्ने चेतावनी दिइसकेको छ ।

    पहिचानवादीको सो चेतावनीपछि एमाले डराएको छ । आफ्नो संकल्प यात्रालाई रोक्ने भनेपछि एमालेले अवरोध नगर्न पहिचान पक्षधरलगायत सबैलाई अपिल गरेको छ ।

    एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले केही समूहहरूद्वारा एमालेको अभियानलाई अवरोध गर्ने कार्यक्रम राखेकोप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

    नेता गौतमले एमाले अभियानलाई लक्षित गर्दै प्रदेश बन्द, सडक बन्दलगायतका गतिविधि सार्वजनिक गरिएको भन्ने सुनेको भन्दै पार्टीका तर्फबाट सबै समूहहरूलाई अवरोध सिर्जना नगर्न आग्रह गरेका हुन् ।

    ‘असहमति भए औपचारिक रूपमा शान्तिपूर्ण रूपमा गुनासा राख्न सकिन्छ । कोशी प्रदेशको नामको सवालमा कोशी प्रदेश सभाको आफ्नो सवाल भएकाले त्यस्ता मुद्दालाई औपचारिक रूपमा प्रदेश सभामा उपस्थिति गराएर छलफल गर्ने वातावरण मिलाउनुपर्छ’, गौतमले भनेका छन्, ‘कोशी प्रदेश नामाकरणमा एमालेसहित नेपाली कांग्रेस, माओवादी पनि सहभागी भएका हुन् ।

    तर एमालेलाई मात्रै निशाना बनाइने गरेको छ यो लोकतान्त्रिक हुन सक्दैन ।’

    पहिचानवादी पक्षधरले कोशीका विभिन्न जिल्लामा प्रमुख राजनीतिक दलहरूका कार्यक्रममा अवरोध गर्दै आएका छन् ।

    पहिचानवादी पक्षधरलाई सत्तारुढ माओवादीको पनि साथ रहेको छ ।

    उसले खासगरी एमाले नेतालाई अवरोध गर्दै आएका छन् । केही दिनअघि पक्षधरले एमाले अध्यक्ष केपी ओलीलाई कोशीमा निषेध गर्ने चेतावनी दिइसकेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend