काठमाडौं - दुर्गा प्रसाईंको काठमाडौं केन्द्रित भेलाका लागि उपत्यका बाहिरबाट आएका महिलाहरुलाई एमालेका कार्यकर्ताले मध्यराति होटलबाट लखेटेका छन्।
सुत्ने तरखरमा रहेका उनीहरुलाई प्रसाईंको भेलाका लागि आएको भन्दै लेखेटिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।
प्रसाईका कार्यकर्ता भन्दै सुतिरहेका सर्वसाधारणलाई मध्यरातमा उठाएको दृश्य बिहीबार बिहानदेखि सामाजिक सञ्जालमा भाइरल बनेको छ।
आफूलाई युवा संघका कार्यकर्ता भन्ने समूहले दुर्गा प्रसाईको आन्दोलनमा आएको हो भन्दै जबर्जस्ती उठाएर घर फर्काउने प्रयास गरेको भिडियोमा देखिन्छ।
‘जहाँबाट आएको हो उतै फर्कनुस्’ धम्कीपूर्ण शैलीमा भनिएको छ। भिडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा एमालेको आलोचना सुरु भएको छ।
कतिपयले यही घटनाका कारण आफूहरूले दुर्गा प्रसाईको कार्यक्रमलाई सहयोग गर्नेसमेत बताएका छन्।
‘लोकतन्त्रमा प्रदर्शन गर्न पाउनु स्वाभाविक हो, तर मध्यरातमा सुतिरहेकालाई कुनै पनि चाहनामा हस्तक्षेप गर्न पाइँदैन,’ सामाजिक सञ्जालमा प्रवीण कार्की लेख्छन्, ‘यसले अन्ततः द्वन्द्वलाई बढावा दिन्छ।’
तर, युवा संघले भने उक्त काम आफूहरुको नभएको दावी गरेको छ। युवा संघका अध्यक्ष क्षितिज थेवेले आफ्ना साथीहरुले यस्तो अमानवीय हर्कत नगरेको बताए ।
हामी पनि यो घट्नामा छानबिन गरिरहेका छौं । घुसपैठ भएको हुनसक्ने आशंका भएका छन्।
हामी आफै सिरिसय भएर छानबिन गरिरहेका छौं । महिलामाथि यस्तो हर्कत युवा संघले गर्दैन।
प्रहरीले पनि छानबिन गरिरहेको होला, यदि हाम्रा स्थानीय साथीहरुको संलग्नता भेटिए तुरुन्तै प्रहरीलाई बुझाउछौं,’ थेवेले भने ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।