आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

धरानका मेयर हर्कले माग्नेवित्तिकै पर्यटनमन्त्रीले एयरपोर्ट बनाइदिने

धरानका मेयर हर्कले माग्नेवित्तिकै पर्यटनमन्त्रीले एयरपोर्ट बनाइदिने

  • मिडिया डबली
  • शुक्रवार, कार्तिक २४ २०८०

  • 3.6K
    SHARES

  • धरानका मेयर हर्कले माग्नेवित्तिकै पर्यटनमन्त्रीले एयरपोर्ट बनाइदिने

    काठमाडौं - धरान र विराटनगरको दूरी करिब ४० किलोमिटर छ । तराई क्षेत्रमा ४० किमि दूरी भनेको एक घन्टाको बाटो पनि होइन ।

    सुनसरी, मोरङ, सप्तरी, सिराहा, धनुषातिर ४० किलोमिटर त ट्याम्पो नै गुड्छ । तर ४० किमी दूरी पनि नभएको विराटनगर एयरपोर्टलाई बेवास्ता गर्दै धरानमा अर्को एयरपोर्ट बनाउन सम्भाव्यता अध्ययन गर्न समिति गठन भएको छ ।

    बुधबार धरानका मेयर हर्कराज साम्पाङ राईले पर्यटनमन्त्री सुदन किराँतीलाई धरानमा एयरपोर्ट बनाइदिन माग गरेका थिए । त्यसकोृ भोलिपल्टै मन्त्री किराँतीले सनसरीको धरान उपमहानरपालिकामा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले एक समिति गठन गरेका छन् ।

    प्राधिकरणका प्रबन्धक इन्जिनियर नलविक्रम थापाको संयोजकत्वमा प्रबन्धक अनिल बस्नेत र वरिष्ठ अधिकृत विमल खनाल सदस्य रहेको समिति गठन गरिएको हो ।

    स्थानीयस्तरमा धरान उपमहानरपालिकाले सरकारलाई सो भेगमा विमानस्थल बनाउन दबाब दिइरहेको छ । धरान नजिकै अन्य विमानस्थलहरु रहेको अवस्थामा सो भेगमा किन विमानस्थल चाहियो भन्दै विरोध भइरहेको छ । नेपालमा अहिले हवाईजहाजभन्दा विमानस्थलको संख्या बढी छ ।

    कतिपय जिल्लामा खुलेका विमानस्थल बन्द गर्नुपर्ने अवस्थामा धरानमा किन नयाँ विमानस्थल बनाउन खोजिएको हो भन्ने मन्त्री किराँतीले स्पष्ट पारेका छैनन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, माघ ११ २०८००२:४७:४७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend