काठमाडौं - विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईँले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनमाथि गम्भीर लाञ्छना लगाएका छन् ।
व्यवसायीबाट राजनीतिकर्मी हुँदै पछिल्लो समय गणतन्त्र विरोधी अभियन्ता बनेका उनले लिङ्देनलाई राजावादी नभएर केपी ओलीको धर्मपुत्र भएको आरोप लगाएका छन् ।
बृहत् नागरिक मुक्ति आन्दोलनको घोषणा गर्दै प्रसाईले राजा ल्याउने कुरा गर्ने लिङ्देन असलमा केपी ओलीको धर्मपुत्र भएको आरोप लगाए । उनले राजा ल्याउने भनेर मत लिएका लिङ्देन गणतन्त्रको मन्त्री खान दौडिएको दाबी गरे ।
‘मेरो घर छेउको राजेन्द्र लिङ्देन कुरा राजा ल्याउने गर्छन् । गणतन्त्रमा गएर असलमा केपी ओलीको धर्मपुत्र नै हो उहाँ । केपी ओलीले जे भन्यो त्यही गर्नुहुन्छ । राजा ल्याउने भन्यो, गणतन्त्रमा गएर मन्त्री खाइहाल्यो,’ उनले भने ।
प्रसाईले राप्रपाबाट राजतन्त्र नफर्किने भएकाले आफूले गणतन्त्रविरुद्ध मुक्ति आन्दोलनको घोषणा गरेको दाबी पनि गरे । उनले मंसिरमा गणतन्त्र ढाल्ने दाबीसमेत गरे ।
एमाले निकट युवा संघका कार्यकर्ताले आफूलाई मोसो दलेपछि प्रसाई केपी ओलीविरुद्ध आक्रामक भएर लागेका छन् । ओलीविरुद्ध दिएको अभिव्यक्तिकै कारण उनलाई प्रहरीले बोलाएर सोधपुछ गरिसकेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।