आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

दुर्गा प्रसाईंको सेवामा खुलेरै लागे केपी ओली !

दुर्गा प्रसाईंको सेवामा खुलेरै लागे केपी ओली !

  • मिडिया डबली
  • मंगलवार, फाल्गुण १८ २०७७

  • 6.1K
    SHARES

  • दुर्गा प्रसाईंको सेवामा खुलेरै लागे केपी ओली !

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको साँठगाँठ व्यवसायी र व्यापारीसँग नौलो होइन । यती एयरलाईन्सका मालिकदेखि विभिन्न ठेकेदार कम्पनीका मालिकसम्म ओलीको नजिक रहेर काम गर्छन् ।

    यस्तै व्यवसायीमध्ये एक हुन् झापाका दुर्गा प्रसाईं । ओलीकै गृहजिल्लाका भएका कारण प्रसाईंसँग ओलीको विशेष सम्बन्ध देखिन्छ ।

    तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण हुँदा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सँगै राखेर मार्सी चामलको भात खुवाएको तस्वीर सार्वजनिक भएपछि चर्चामा आएका प्रसाईं फेरि चर्चामा आएका छन् । 

    उतिबेला प्रसाईंले ओली र प्रचण्डको सेवा गरेका थिए, यतिबेला ओली प्रसाईंको सेवामा लागेका छन् । प्रचण्ड भने ओलीबाट अलग भइसकेका छन् ।

    झापाको बिर्तामोडमा प्रसाईंले सञ्चालनमा ल्याएको पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै ओलीले आलोचनालाई ‘ब्राण्ड’ बनाउने क्षमता दुर्गा प्रसाईंसँग रहेको बताए ।

    प्रधानमन्त्री ओलीले हिम्मत भएको मान्छे भएको भन्दै प्रसाईंलाई मक्ख पारे । ‘भन्नेहरूले भन्दै गर्छन्, आलोचना गर्नेले गर्छन्, उहाँलाई मार्सी चामल भनेर आलोचना गरे, उहाँले त मार्सीलाई ब्राण्ड बनाइदिनुभयो,’ उनले भने ।

    दुर्गा प्रसाईंले मार्सी बियर बजारमा ल्याउने तयारी गरेका छन् । प्रधानमन्त्री ओली प्रसाईंको सेवामा हिँडेर प्रचारप्रसार गरिरहेका छन् ।

    नेकपा एकीकरण हुने बेला ओली र प्रचण्डलाई घरमै बोलाएर मार्सी चामलको भात खुवाएको र पछि चिकित्सा शिक्षा सुधारको माग गर्दै अनसन बसेका डा. गोविन्द केसीको विरोध गरेका कारण प्रसाईंको आलोचना हुने गरेको थियो ।

    ओली सहभागी कार्यक्रममा प्रसाईंले माफिया ह्वीस्की र डन इनर्जी ड्रिङ्स समेत बजारमा ल्याउने घोषणा गरेका छन् । ‘जे–जे गाली गरेका छन् मान्छेले, हिम्मत भएको मान्छे हो दुर्गा प्रसाईं, आलोचना र टिप्पणीबाट हच्किएर दच्किएर पछाडि हट्ने मान्छे हैन, अगाडि बढ्ने मान्छे हो दुर्गा प्रसाईं,’ प्रधानमन्त्री ओलीले भने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend