आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
आजको विशेष

कोरोनासँग ‘लिभिङ टुगेदर’मा बस्नुको विकल्प छैनः दुर्गा प्रसाई

कोरोनासँग ‘लिभिङ टुगेदर’मा बस्नुको विकल्प छैनः दुर्गा प्रसाई

  • मिडिया डबली
  • बिहिवार, भाद्र २५ २०७७

  • 7.3K
    SHARES

  • कोरोनासँग ‘लिभिङ टुगेदर’मा बस्नुको विकल्प छैनः दुर्गा प्रसाई

    काठमााडौं- झापाको विर्तामोडको बिएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले कोरोनासँग ‘लिभिङ टुगेदर’ मा बस्नुको विकल्प नभएको बताएका छन् । अहिले बिएण्डसी अस्पतालका चिकित्सकसहित १२ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको  छ ।

    उनले सबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र कोरोना भाइरसको संक्रमणले केही फरक नपर्ने बताउँदै ‘लिभिङ टुगेदर’ मा बस्नु पर्ने बताएका हुन् ।

    मिडिया डबलीसंग कुरा गर्दै उनले आज पिसिआर गर्यो आज पोजेटिभ आउला, भोलि गर्दा नेगेटिभ आउदा, दिनै पिसिआर गरेर साध्य नहुने बताउँदै आफू सुरक्षित भएर अरुलाई पनि सुरक्षित बनाउने गरी सामाजिक चेतना बढाउनु पर्ने बताएका छन् ।

     त्यस्तै अहिले उक्त अस्पतालका जम्मा ३२ जना कर्मचारी अहिले होम क्वारेन्टिनमा बसेका छन्। तर आफूलाई कुनै चिन्ता नभएको प्रसाईंले बताएका छन् । पीसीआर परीक्षण र कन्ट्याक्ट ट्रेसिङको कुनै अर्थ नरहेको समेत उनको भनाइ छ ।

    उनले कोरोनाको संक्रमणले कुनै फरक नपर्ने बताउँदै बढीलाई संक्रमण भएमा गम्भिर अवस्थाका बिरामीलाई प्लाज्मा दान गर्न सहज हुने प्रतिकृया समेत दिएका छन्  ।

    बिएण्डसीमा संक्रमित बढेपछि विर्तामोड नगरपालिकाले भने चिन्ता व्यक्त गरेको छ । अस्पताल हटस्पट हुनसक्ने भन्दै नगरपालिकाले चिन्ता व्यक्त गरेको छ । यद्यपी अस्पतालका निर्देशक  प्रसाईंले भने संक्रमण भएपनि केही गाह्रो नहुँने बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, जेठ १० २०७८११:०९:२२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend