काठमाडौं – मेडिकल शिक्षाको क्षेत्रमा पटक–पटक विवादमा मुछिएका दुर्गा प्रसाइँ सञ्चालक रहेको झापाको बी एण्ड सी मेडिकल कलेजलाई प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार रहेका बेला खत्रै उपहार मिलेको छ ।
प्रधानमन्त्री ओली कूलपति रहेको काठमाडौं विश्वविद्यालय (केयू) ले बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगमा सिफारिस पठाउने निर्णय गरेको छ ।
ओली सरकारका शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको दबाबमा केयूको ८९ औं बैठकले सम्बन्धन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो । त्यसअनुसार विश्वविद्यालयको विज्ञ सम्मिलित टोलीले बैशाख २२ देखि २६ गतेसम्म कलेजको निरीक्षण समेत गरिसकेको छ ।
बैशाख ३१ गते बसेको केयू कार्यकारी परिषद्को ६२५ औं बैठकले निरीक्षण प्रतिवेदननका आधारमा चिकित्सा शिक्षा ऐनको दफा १३(६) अनुसार सम्बन्धनका लागि सहमति दिने र सिट संख्यासहित स्वीकृतिका लागि आयोगमा पठाउने निर्णय गरेको जनाइएको छ ।
यस्तो छ पत्र –

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।